Open photo

२०८०असाेज१६,मँगलबार

चितवन। समयमा सडककाे काम सम्पन्न नगर्ने निर्माण कम्पनी कालाेसूचीमा परेका छन् । विभिन्न निकायले निर्माण कम्पनीहरु कामकाे विषयमा आवाज उठिरहेका बेला प्रधानमन्त्री कार्यालय मातहतकाे सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा कम्पनीलाई कालाेसूचीमा राखेकाे छ । ती मध्य चितवनमा निर्माणकाे जिम्मा लिएका चार कम्पनी रहेका छन् ।

Open photo

कालाेसूचीमा परेका कम्पनीले अब एक बर्ष देखि तीन वर्षसम्म ठेक्का लिन पाउने छैनन् । भरतपुरकाे सशक्तशरण गाेले अभिषेककाे निर्माण कर्भन कन्स्ट्रक्सन तीन बर्षका लागि कालाेसूचीमा परेकाे छ । याे कम्पनीले भरतपुर काे ५,११,१५ र २८ वडाका ६ वटा काम अलपत्र पारेकाे भरतपुर महानगरले जनाएको छ।

हेटाैँडा६ का निर्माण न्याैपानेकाे शिवालय बिल्डर्स दुई बर्षका लागि कालाेसूचीमा परेकाे छ । याे कम्पनीले भरतपुरकै ६ र २० नम्बर बडाकाे काम अलपत्र पारेकाे महानगरले बताएको छ। यस्तै कष्यप निर्माण सेवा , नागार्जुन कन्स्ट्रक्सन कम्पनी र शँकरमाली निर्माण सेवा समेत कालाेसूचीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0