२०८०श्रावण ३२, बिहीबार

चितवन । जीवन र जगतसँग जाेडेर जिन्दगीका भाेगाई देखाईलाई समेटेर लेखिएकाे के पि किरणकाे ” भुमरी ” काे चर्चा सहरबाट घरगाउँ तर्फ चर्चिन थालेकाे छ । गाेरखाकाे दर्बुङमा जन्मनुभएका के पि किरण शर्माबाट स्थापित कपिल प्रसाद खनालले आफ्नाे बाल्यकाल , पारिवारिक पृष्ठभूमि , शेक्षिक चेतनाक्रम देखि बैदेशीक राेजगारीका बखतका भाेगाई समेतलाई समेटेर कृति तयार पार्नुभएकाे छ ।

कृतिकाे महत्वपूर्ण भागमा केपि किरणकाे समाज प्रतिकाे वेलगाम समर्पण , त्याग र याेगदानले भरिएको छ जहाँ गामबेशीकाे चेपाङ केन्द्रकाे स्थापना , सैयाैँ चेपाङ बालबालिकाकाे आशा र भराेशा बन्दै गैरहेकाे चेपाङ छात्राबास र चेपाङ समाज र नागरिककाे सामाजिक अवस्था समेत समेटिएको पुस्तक ” भुमरी ” काे लाेकार्पण चिताैन मझेरीकाे कार्यक्रमका विच नारायणी कलामन्दिरकाे प्रेक्षालयमा भएपनि यसकाे प्रभाव र छलफलले गाउँ समाजमा समेत प्रवेश पाउनथालेकाे छ । हालै मात्र खनाल सेवासमितिकाे कुलमन्दिर परिसरमा चितवन दर्वुङ समाजका प्रतिनिधिहरु सहितका व्यक्तितब हरुकाे उपस्थितिमा ” भुमरी ” भित्रकाे अन्तर्वस्तु माथि छलफल भएकाे थियाे ।

No description available.

भुमरीकाे कथावस्तुकाे उद्गमस्थल दर्वुङ र आसपास क्षेत्रमा जन्म भै चितवनका भूभागमा रहि सामाजिक एवं शैक्षिक गतिविधिबाट अनुभवी व्यक्तित्व,साहित्य अनुरागी , विश्लेषक तथा पत्रकार समेतकाे उपस्थितिमा भएकाे कृति माथिकाे साे छलफलमा भागलिदै कृति, कृतिकार र कृतिकाे जिवन्तता माथि छलफल गरिएको थियाे ।

आगामी दिनमा कृतिकारकाे थप उर्जाशील चेतले अझ उत्कृष्ट कृतिकाे शुभकामना व्यक्त गरिएको साे छलफल कार्यक्रमकाे अध्यक्षता चितवन दर्वुङ समाजका अध्यक्ष केदार खनालले गर्नुभएको थियाे ।

” भुमरी ” ले तात्कालिक दर्वुङ् समाज , यहाँका कला साहित्य , समाज र भुगाेलकाे गाउँले भाषामा चित्रण गरिएको छ जुन कृतिकारकाे सबल पक्ष मानिएको छ भने तात्कालिन समाज भित्र जवरजस्त रुपमा माैलाएकाे आर्थिकसामाजिक विभेदकाे वारेमा कृति बाेलेकाे छ भने चितवन बसाइँ सराई चेपाङ समाजसँगकाे सामिप्यता , गामबेशीकाे खवर पत्रिकाका जन्म सँगै चेपाङ बालबालिकाकाे भाग्य र भविष्य बाेकेर जन्मिएको गामबेशीकाे चेपाङ सँरक्षण केन्द्रसँग जाेडिएका कालखण्ड काे चित्राङ्कन कृतिका स्वणिम झलकहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0