२०८०श्रावण ३१ , बुधबार

हरि अधिकारी – पश्चिम नेपाल प्रतिनिधि ,बाँके । बाँकेकाे खजुरा गाउँपालिका ३ स्थित एक माछा पाेखरीमा २० किलाे ताैल भएकाे एक गाेही फेलापरेकाे छ । एक मिटर ५७ सेन्टिमिटर लम्बाई रहेकाे मगर गाेही स्थानीय ग्रीन कटेजकाे माछा पाेखरीमा फेला परेकाे हाे ।

Open photo

पाेखरीमा माछाकाे सँख्या घट्दै गएकाे आभास भएपछि राम्ररी नियाल्दा गाेही देखिएकाे साे गाेही देखिएकाे कटेजका मालिक समेत रहेका प्रेम खरेलले बताउनुभयो ।

Open photo

पाेखरीमा गाेही देखेपछि प्रहरी कार्यालय धनाैली खजुराका प्रहरी निरीक्षक सन्दिप बेल्वासे मार्फत स्थानीय निकायमा खवर भै नेपाली सेना तथा राष्ट्रिय प्रकृति सँरक्षण काेषका कर्मचारीहरुकाे सहयाेगमा साे गाेही पाेखरीबाट निकालिएको थियाे । उक्त गाेहीलाई सँरक्षणका लागि बर्दियाको ठाकुरद्वारामा पठाईएकाे सँरक्ष प्रविन पाैडेलले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0