२०८० श्रावण २१ , आईतवार

चितवन। आर्थिक अवस्था कमजाेर भएका का लागि मात्रै नभएर मज्जैले २ छाक खाने भरथेग भएका जेष्ट नागरिक लगाएत राज्यले सुविधा भित्रपारेका नागरिकहरुलाई भत्ताकाे कार्ड नविकरण गर्न नै सास्ती भएकाे छ ।

भरतपुर महानगरकाे ११ नम्बर वडाकाे बिहानै देखिएकाे  दृश्य पछि सजिल्यै अनुमान गरिएको छ कि ” बृद्धबृद्धालाई कार्ड नविकरणले सास्ती पुर्याएकाे छ ।  ११ नम्बर वडा नेपालकै धेरै जनसंख्या भएका थाेरै वडा भित्रमा पर्दछ। स्थायी करिव ३५ हजार भए पनि अस्थायी बसाेवासी समेत जाेड्दा करिव ५५ हजार नागरिकहरुकाे बसाेबास छ ११ नम्बर वडामा । सहजै अनुमान लगाउन सकिन्छ कि धेरै जनसंख्या भएका कारण सेवाग्राही पनि धेरै छन् ।

३५ हजार स्थायी सहित ५५ हजार जनसंख्या भएकाे वडाकाे भाैतिक सँरचना भने एउटा सामान्य सँस्थाकाे भन्दा पनि नाजुक रहेकाे छ । महानगरकाे मुख्य सहर र सबै सरकारी कार्यालयसँग करिव जाेडिएकाे सहर भित्रकाे अन्धकार वडा हाे भन्नुपर्ने हुन्छ वडा कार्यालयकाे भवन हेर्दा । भवन भन्न नमिल्ने साे टहराेबाट सेवा लिने नागरिकहरु मध्य केहिकात राष्ट्रिय स्तरकै रहेकाे तथ्यले देखाउँछ । वडा भित्रका कैयन सार्वजनिक जमिन व्यक्तिकाे नाममा पुर्जा बनेकाे र कैयौं बन्ने चरणमा रहेकाे दुनियाँलाई थाहा हुँदा पनि वडा नम्वर ११ काे वडा कार्यालय टहराे भने अर्काले सित्तैमा दिएकाे एक कठ्ठा जग्गा पनि सडक विस्तारका नाममा चेपाएर वाँकी रहेकाे दस धुरमा बनेकाे टहराेले वडाका जति नागरिकलाई अध्यक्ष बनाए पनि टहराे भने भवनमा रुपान्तरण हुन सकेकाे छैन । न त यहाँका सराेकारवालाहरु वडा भवनकाे बैकल्पिक खाेजी गर्ने ल्याकत राख्दछन् ।

वडा अध्यक्ष कमल बहादुर मल्ल उल्टै कहिलेकाही त वडा कार्यालयमा बाल्टी थापेर बस्नुपरेकाे छ भन्नुहुन्छ । वहाँ भन्नुहुन्छ ” वडाले खर्चगर्न पाउने बजेट बनेकाे बढिमा एक कराेड ५० लाख हाे बिकासमा । यति रकमले वडाकाे भवन वनाउँ कि वडाकाे भाैतिक विकास ।

बिहानै देखि भिडभाड छ किन हाे भन्दा अध्यक्ष मल्ल भन्नुहुन्छ – यति ठुलाे वडा छ , यहि बेलामा सबैकाे कार्ड नविकरण गर्नु छ। कामकाे चाप रहेकैबेला सचिवकाे सरुवा भएकाे छ नयाँ सचिव हाजिर भएका छैनन् , पुराना गैसके ।

वडाले हालसम्म ५ सय २४ जनालाई विभिन्न किसिमका सेवा सुविधाका कार्ड तथा परिचयपत्र वितरण गरेकाे मा सबै जसाे कार्डकाे यहि महिनामा नविकरण गर्ने भएकाेले भिडभाड बढेकाे तथ्यांक हृेर्नुहुने कर्मचारी सर्मिला लामिछाने बताउनुहुन्छ । वडा कार्यलयमा कर्मचारी नै कहाँ बस्ने ठेगान छैन सेवाग्राहीलाई कहाँ बस्ने भन्ने – लामिछानेको दुखेसो छ ।

Open photo

लेखक

( पत्रकार कृष्ण खनाल )

अरु वडाका कार्यालय कस्ताछन् अध्यक्ष ज्यूभन्ने प्रश्नमा कमल मल्ल भन्नुहुन्छ – एकछिन बस्दापनि आनन्द आउँछ । आफुभने चुहिएको पानी कसरी थाप्ने चिन्तामा छु । अध्यक्ष ज्यू वडामा सरकारी स्वमित्वमा रहेका सबै सार्वजनिक जमिन पूर्जा बनिसकेकोले जमिनै नपाएर हाे कि खरिद गर्ने राज्यसँग ल्याकत नभएर सबैभन्दा महत्व बाेकेकाे वडा कार्यालयकाे गति यस्ताे भएकाे भन्ने जिग्यासामा मल्ल भन्नुहुन्छ – अब साेच्नपर्ने बेला आएकाे छ ।

केहिसमय अगाडि कमला देवी मन्दिरमा भागवत सप्ताहका क्रममा महानगर प्रमुख रेणु दाहालले सुविधा सम्पन्न किरियापुत्री भवन निर्माण गरिदिने घाेषणा भएकाे थियाे भने प्रदेश तथा केन्द्रीय बजेटबाट यहि वडाकाे गणेश धाममा अरवाैकाे याेजना बनिरहेकाे छ ।

हाल भरतपुर महानगर वडा नम्बर ११ काे वडा कार्यालय रहेकाे टिनकाे टहराे बनेकाे जमिन भने जितमान कुमालले तात्कालिक अवस्थामा छाेडुवा पशुहरु थुनेने प्रयाेजनका लागि सहयाेग गर्न नि:शुल्क प्रदान गर्नुभएकाे निवर्तमान वडा अध्यक्ष तेजेन्द्र बहादुर खड्का बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0