२०८०श्रावण २० शनिबार

चितवन। देशभरका करिव ३५ स्थानमा शाखा खाेली लाखौं बचतकर्ताबाट करिव १० अर्व बचत उठाएर फरार भएकाे अभियाेग लागेका शिव शिखर बहुउद्देश्यीय सहकारीका मुख्य याेजनाकार तथा सस्थापक अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीकाे अनुसन्धान व्युराेले भरतबाट पक्राउ गरि आवस्यक अनुसन्धान प्रकृयाका क्रममा प्रहरी कार्यालय हेटांैडा हुँदै बिहिवार चितवन प्रहरी कार्यालय ल्याएपछि बचत पिडितहरुले प्रहरी कार्यालयकाे गेटमा व्यानर सहित धर्ना गरिरहेका छन् ।

चितवनका पिडितहरुकाे तर्फबाट२०८० जेष्ठ २६ गते नै केदारनाथ शर्मा सहित सँस्था विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा ठगी मुद्दा दर्ता गराएका थिए । चितवनका भरतपुर ,टाँडी र मुङ्लिङमा गरि करिव १४ हजार बचतकर्ताहरुबाट करिव ७५ कराेड बचत सँकलन गरि सँस्था बेखवर रहेकाे पिडितहरु बताउँछन् ।

देशका विभिन्न शाखामा जस्तै चितवनकाे भरतपुर शाखामा नारायण भण्डारी काे र रत्ननगरमा पाण्डेकाे सँयाेजकत्वमा शिव शिखर सहकारी पिडित सँघर्ष समिति गठन भएकाे थियाे । समितिले हालसम्म चितवन शाखाबाट साे सहकारीले कतिजना बचतकर्ताबाट कति रकम उठाएकाे , कति रकम लगानी गरेकाे खाेजी गर्ने र कति सम्पत्ति कहाँछन् साेकाे खाेजी गर्ने कार्य गरेकाे सँयुक्त सँघर्ष समिति चितवनका सँयाेजक पाण्डे बताउँछन् ।

चितवनका बचतकर्ताहरुकाे बचत सुनिस्चिताकाे खाजी गर्ने क्रममा धेरै पटक सरकारी निकाय , पुलिस प्रशासन देखि निर्वाचित जनप्रतिनिधिसम्म हाम्रा समस्या राखेका छाै र बचतकर्ताकाे बचत शुरक्षाकाे लागि सबै पक्षसँग अनुराेध गरेका छाैँ भन्दै भरतपुर शाखाका सँघर्ष समिति सँयाेजक नारायण भण्डारी  भने देशका सबै सँयन्त्रलाई जानकारी भैसकेको विषय हाे कि शिव शिखर सहकारीले नियत नै खराव राखी अन्धाधुन्ध बचत उठाई मार्ट लगाएत जग्गा जमिनमा रकम दुरुपयोगका साथ लगानी गरि सँस्था बेखवर भएकाे थियाे ।

शिव शिखर अर्गनाइजेसन नामबाट आई पि ओ मा लैजाने प्रलोभनमा पारी करोडौं काे शेयर बिक्री गरि लापत्ता भएकाे उक्त सहकारीका केही मान्छेहरुलाई समात्न सफल भएपनि मुख्य अभियुक्तहरु भने सम्पर्क विहिन थिए।

सो सहकारीका स्थापनाकालका मुख्य सन्चालक अध्यक्ष रत्नाखर शर्माका छाेरा उढरापुर २ बाँके स्थाई ठेगाना भएका केदारनाथ शर्मा हुन् भने हालका अध्यक्ष काेहलपुर -४ बाँकेका सुशील बानियाँ हुन् ।

मुख्य कार्यालय काैशलटार मध्यपुर ठिमी नगरप, भक्तपुर रहेकाे साे सहकारीका दजि बहादुर तामाङ काे छाेरा लदाभिर सिन्धुलीका तेज बहादुर तामाङ छन् । उनी साे सँस्थाका सचिव हुन्। सदस्यहरुमा अमृतलाल भण्डारी का छाेरा काठमाडौं ४ का अनिस राजभण्डारी,कृष्णगाेपालका छाेरा भक्तपुरका राजु शाककर्मी,कैलालीका भुवानी सिँहका का छाेरा दिपक बहादुर ऐर रहेकाे श्रीखवर सञ्चारले प्राप्त गरेकाे सूचनामा उल्लेख छ । यसैगरी जनक बहादुर मल्लको छाेरा बाँझ -८ बाझाङ घरभएका पुष्कर मल्ल ,उर्लाबारी -६ का लिलानाथ गाैतम भने साे सहकारीका व्यवस्थापक हुन् । उनी चन्द प्रसादका छाेरा हुन् ।

१० वटा भन्दा बढी सँस्था सँचालन गरेर शिव शिखर अर्गनाइजेसन काे नामले छाता सँस्था बनाएका साे सँस्थाकाे निर्देशक भने भानुभक्त का छाेरा काेहलपुर -३ घर भएका गिता शर्मा हुन् भने साविक सितापुर -१ का युवराज थापा समेतको साे सँस्थामा सँलग्नता रहेकाे सहकारी पिडित सँघर्ष समितिले जनाएको छ।

सहकारीले भरतपुर १२ स्थित जिल्ला प्रशासन चाेक नजिकैकाे शाखाबाट मात्रै ८०४४ जना बचतकर्ता बाट करोडौं बचत उठाएकाे छ ।

२०६२ सालमा मध्यपुर थिमी नगरपालिका वडा नम्बर – ३ काे काशाैलटारमा मा मुख्य कार्यालय उक्त सँस्थाकाे मुख्य सन्चालक भने निवर्तमान सन्चालक समिति अध्यक्ष केदारनाथ शर्मा र हालका अध्यक्ष सुनिल बाँनिया रहेकाे खुल्न आएकाे छ ।

साे सँस्थाले याेजनाबद्द तरिकाले ठगी गरेकाे पिडितहरु बताउँछन् ।अनेक किसिमका बचतकाे नामदिई आकर्षक ब्याज दिने बहानाले कराेठाैँ उठाएकाे र बचत गराउन त्हाँ कार्यरत कर्मचारी समेत विश्वासमा पारेकाे पिडितहरुकाे भनाईरहेकाे छ ।

यति ठुलाे रकम ठगीभयाे भनी उजुर परेछ – के कस्ताे अनुसन्धान भैरहेकाे छ त भन्ने श्रीखबर ठड कम काे जिग्यासामा चितवन जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्की भन्नुहुन्छ – यस जिल्लामा पनि साे सँस्था र केदारनाथ सहितको नाममा ठगी विरुद्ध उजुरी परेकाेले अनुसन्धानका लागि यहाँ ल्याउनुपरेकाे हाे । अनुसन्धानले जहाँ जहाँ लैजानुपर्ने देखिन्छ लगिन्छ र अनुसन्धान प्रकृया पुराभएपछि सरकारी वकिल मार्फत मुद्दाले अदालत प्रवेश पाउँनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0