२०८०श्रावण २४, बुधबार

चितवन । अष्ट्रेलियाकाे अलावा क्यानाडा ,युके, युुयसआर, न्युजिल्यान्ड लगाएत विश्वका विभिन्न मुलुकमा उच्च शिक्षाका लागि अध्ययनमा जानचाह भएका विद्यार्थीलाई शैक्षिक परामर्शदाताकाेे रुपमा विगत २० वर्ष देखि सेवा गर्दै आईरहेकाे एकपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजले आफ्नाे २० अैाँ वार्षिकोत्सब सम्पन्न गरेकाे छ ।

Open photo

साेअवसरमा भरतपुर चितवनमा रहेकाे शाखाले विभिन्न कार्यक्रम काे आयाेजना गरि स्थापना दिवस सम्पन्न गरेकाे हाे । भरतपुर हाईटमा रहेकाे आफनै शुविधा सम्पन्न वेसक्याम्प भवनमा आयाेजित वार्षिकोत्सब समारोहकाे अवसरमा प्रमुख अतिथि जिल्ला विकास समन्वय चितवन प्रमुख नारायणप्रसाद अधिकारीले शिक्षाकाे महत्व र विशेषता भनेकै आफ्ना भविषयका लागि विकल्पकाे खाेजी गर्नुभएकाेले एक्पर्टले युवाहरूको शैक्षिक चहनालाई पुरागर्न खेलेकाे भुमिका र परामर्शदाता सँस्थाकाे सफल व्यवसायीक यात्राकाे शुभकामना दिनुभएको थियाे ।

भरतपुर वडा नम्बर १० का वडाअध्यक्ष परमेश्वर खनालले सक्षम युवा जनशक्तिकाे पलायन प्रति राज्य सजक हुनुपर्ने तर्फ ध्यानदिदै स्वदेशमै गरिखाने बातावरण श्रृजना हुनुपर्नेमा जाेड दिदै यस सँस्थाले विद्यार्थीलाई देश भित्रै युवा अढ्याउन सक्ने खालकाे वैकल्पिक परामर्शका लागि याेजना बनाउन समेत सुझाउनुभएकाे थियाे ।

Open photo

सँस्थाले शिक्षा पत्रकारिता पुरस्कार द्वारा क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने कार्यकाे प्रशंसा गर्दै पत्रकार महासँघ चितवनका सभापति नारायणप्रसाद अधिकारीले एक्पर्टले शैक्षिक परामर्शकाे अलवा सामाजिक उत्तरदायित्वका क्षेत्रमा खेलेकाे भूमिका प्रति धन्यवाद सहित सँस्थागत प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियाे । कार्यक्रममा हिसान चितवन अध्यक्ष दीपेन्द्र ढकाल, शिक्षा विकास समन्वय ईकाई चितवन प्रमुख भूमिलाल सुवेदी लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

Open photo

विगतमा देशमा राष्ट्रिय सँकट उत्पन्न हुँदाका बखत भुकम्प पीडितका लागि राहत तथा काेरानाका बिरामीहरुका लागि अक्सिजन ग्याँस सहयाेग गरेकाे एक्पर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका गतिविधिमा उत्कृष्ट सहभागी टिम र व्यक्तिहरुलाई वार्षिकोत्सबकाे अवसर पारेर पुरस्कृत समेत गरेकाे थियाे । सँस्थाले विद्यार्थीहरुकाे शारीरिक तथा मानसिक चेतनामा सहयाेग पुगाेस् भन्ने उद्देश्यले इच्छा कामना अन्तर्गत पर्ने हात्तीवाङ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयलाई खेल सामाग्री सहयोग हस्तान्तरण गरिएको थियाे भने यस वर्षकाे शिक्षा पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी पत्रकार रमेशकुमार पाैडेललाई प्रदान गरिएको छ ।

Open photo

८ अगष्टमा एक्पर्ट एजुकेसनले आफ्ना २० देशका ६० शाखाहरुले  स्थापना दिवस भव्यताका मनाईकाे भरतपुुर शाखाका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0