२०८० श्रावण १४, आइतबार

हरि अधिकारी , बाँके। बाँकेकाे खजुरा बजारलाई सफा, सुन्दर र आकर्षक बजारकाे रुपमा विकसित गरिने भएकाे छ । खजुरा क्षेत्र सँरक्षण समितिले सुन्दर र सफा बजारकाे रुपमा विकसित गर्न निस्चित मापदण्ड बनाएर व्यवसाय सन्चालनका लागि सहजिकरण गरिने समितिले जनाएको छ।

व्यवस्थित बजार बनाउँन सडकमा अव्यवस्थित रहेका ठेला ,तरकारी पसललाई नाली भित्रैबाट सन्चालन गर्न र हरेक १५ गते बजारलाई सरसफाइ गरिने समितिका अध्यक्ष प्रेम बुढाथोकीले श्रीखबर प्रतिनिधिलाई बताउनुभयाे।

Open photo

सहजरूपमा पेशा व्यवसाय सन्चालन गरि सभ्य नागरिककाे पहिचान प्रस्तुत गर्न सराेकारवाला सबैसँग अनुराेध गरिने छ भने असभ्यता प्रस्तुत गरि पारित नियम पालन नगर्ने हरकाेहिलाई दण्डित समेत गरिने नीति लिईने अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0