आइतबार १७असार २०८०

चितवन/ विभिन्न काेणबाट सम्झदै र सम्मान व्यक्तगर्दै राष्ट्रिय जनसाहित्य सङ्गघ चितवनले मदन भण्डारीकाे ७२अैाँ जन्म जयन्ती अवसर पारेर कविता वाचन कार्यक्रम सम्पन्न गरेकाे छ।

एमाले चितवनको पार्टी कार्यालय परिसरमा रहेकाे जिवराज आश्रित सहितकाे मदन भण्डारीकाे सालिक अगाडि उभिएर एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्याैपाने सहितकाे उपस्थितिमा वाचन गरिएको कविताका हरफहरु मार्फत वरिष्ठ साहित्य अनुरागीहरुले देशले अझैसम्म पनि मदन भण्डारी जस्ताे अर्काे राष्ट्रवादी जननेता पाउन नसकेकाे प्रति चिन्ता व्यक्त गरिएको थियाे ।

कविता वाचनका लागि उभिएका भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति वरिष्ठ साहित्यकार इन्द्र प्रसाद रेग्मीले आफुले मदन भण्डारीकाे शँका सहितको दुर्घटना काे खबर सुन्नासाथ खसेका आँसुहरु अढ्याउने नेता आजसम्म अर्काे नपाउँदा दुःख लागिरहेको बताउनुभयो ।वहाँकाे रचना वाचन सक्कली खेत राेपार देशले नपाएकाे प्रति दुखेसो थियाे ।

कार्यक्रमका प्रमुख अतिथि प्रा डा हाेमनाथ सापकोटाले देशले कुसल सँचालक नपाउँदाकाे पीडा व्यक्त गर्नुभएको थियाे भने साहित्यकारहरु विपिन पाठक , पुष्प अधिकारी र किसान प्रेमीकाे प्रस्तुति वर्तमान अवस्थाका नेताहरुकाे अदुरदर्शीताका कारण देशले पीडा भाेग्नु परेकाे प्रति लक्षित थियाे । साहित्य अनुरागी विमला दुवाडी तथा भगवती पाठकका मदन भण्डारीकाे अजम्वरी राजनैतिक जिवनीबाट प्रेरित भाव व्यक्त भएका थिए ।

साहित्यकार टीका रेग्मी,लक्षमण भन्तना सहितका साहित्यकारहरुले कविता प्रस्तुत गर्नुभएको साे कार्यक्रममा समिक्षक उदय अधिकारीले माक्र्सवादी साैदर्य सामाग्री र विचार दर्शन भित्र पर्यावरणीय सँरक्षणकाे विषय उठान भएकाे प्रति श्रृजना लक्षित थियाे ।

राष्ट्रिय जनसास्कृतिक महासँघका बागमती प्रदेश सदस्य तथा चितवन अध्यक्ष केदार दवाडीकाे मन्तव्य सहितकाे उपस्थिति रहेकाे साे कार्यक्रममा उपस्थित साहित्य अनुरागी तथा श्रष्टाहरुलाई राष्ट्रिय जनसाहित्य सङ्घ नेपालका केन्द्रीय सदस्य तथा महासँघ चितवनका सचिव कृष्ण खनालले कविता बाचन सहित स्वागत गरेका थिए । राष्ट्रिय जनसाहित्य सङ्घ बागमती प्रदेश सदस्य तथा चितवन अध्यक्ष अम्बिका कार्कीकाे अध्यक्षतामा सम्पन्न साे कविता बाचन कार्यक्रमकाे सन्चालन भने जनसाहित्य सङ्घका जिल्ला सचिव आकाश पाैडेलले  गरेका थिए ।

यसै अवसर पारेर चितवन जनसाहित्य सङ्घले वरिष्ठ साहित्य अनुरागी गजलकार किसान प्रेमीलाई उहाँले साहित्यका माध्यमबाट समाज र राष्टमा पुर्याउनुभएकाे याेगदानकाे उच्च मुल्यांकन गर्दै सम्मान समेत समेत गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0