शनिबार १६असार २०८०

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पढाइ सकेपछि विदेशीने साेच हावीहुँदा देशलाई घाटा भएकाे बताएका छन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आयाेजना गरिएको कृषि उद्यमबाट सँवृद्धि विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै देशमा केही हुँदैन , अब सबैथाेक खतम भयाे भन्ने चिन्तन र विदेश नगई बाच्नै सकिन्न भन्ने साेचाईका कारण शैक्षिक युवा पलायन हुनु देशका लागि शुभ सँकेत नभएकाे अध्यक्ष ओलीले बताएका हुन् ।

प्रश्न उत्तर शैलीमा सन्चालन भएकाे साे कार्यक्रम पूर्वप्रधानमन्त्री ओलीले भने – पढेका जति विदेश, विदेश भन्दै एयरपोर्ट तिर  धाउने अनि विदेश पुगेर कामदार भन्ने भएपछि देश कसरी उभाेलाग्ला ? देशले कृषिमा आधुनिकिकरण खाेजिरहेकाे छ , प्रविधिकाे पुरापुर प्रयाेग गर भनिरहेको छ तर हामी कताकता र केमा अल्झिरहेका छाैँ भन्दै शिक्षित युवा साथीहरूले कृषिका माध्यमबाट नेपाल मै कसरी स्वराेजगार र उद्यमीहुने भन्नेमा चिन्तन र मनम गर्न ओलीले विद्यार्थीलाई सुझाए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै युवा उद्यमी सुसन सापकोटाले पढाइ सकेर विदेशजाने प्राय सवै विद्यार्थीकाे साेच रहेकाे , पढेका मध्य ५० प्रतिशत विद्यार्थी विदेशीएकाे र देशमै रहेका मध्य पाँच प्रतिशत शिक्षित युवा मात्रै कृषिमा सँलग्न रहेकाे बताए ।

अध्यक्ष ओली राष्ट्रिय धान दिवसको अवसर पारेर नेकपा एमालेकाे समन्वय मा आयाेजित धान राेपाईँ कार्यक्रममा सहभागी हुन बिहीबार चितवन आएका हुन् । बिहिवारै उनले भरतपुर विमानस्थलकाे विशिष्ट कक्षा पत्रकारकाे जवाफमा पशुपतिमा चडाईएकाे सुनकाे विषय स्याल हुँईया भएकाे बताएका थिए । रामपुरकाे कार्यक्रममा जानू अघि अध्यक्ष ओली भरतपुरकाे २४ नम्बर वडामा रहेकाे केरुङ्गा सामुदायिक तरकारी कृषि फर्म परिसरमा आयाेजित धान राेपाईँ कार्यक्रममा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0