बिहीबार १४, असार २०८०

भरतपुर चितवन/नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चितवन आईपुगेका छन्। भाेली असार १५ गते हुने धान राेपाईँ का साथै रामपुर क्याम्पसमा युवा विद्यार्थीसँग हुने छलफल तथा अन्तरक्रियामा सहभागी हुन उनी चितवन आएका हुन् ।आजै उनी युवा उद्यमीसँगकाे अन्तरक्रियामा समेत सहभागी भए ।

भरतपुर झर्ने क्रममा एयरपाेर्टकाे विशिष्ट कक्षमा भएकाे पत्रकार भेटघाट कार्यक्रममा जवाफ दिदै ओलीले भने प्रधानमन्त्रीकाे काम कति सुन कहाँ लगाउने , कहिले लगाउने , के मिसाएर वा त्यसै लगाउने अनि कुन माेडलमा लगाउने भनेर हेर्ने हाेईन त्याे त पशुपति क्षेत्र विकास काेषकाे काम हाे । त्यहाँ के भयाे सबै काेषलाई नै साेध्नुहाेस् ।

सरकारकाे काम सुन निकासा गरिदिने हाे गर्याे , बाँकी काम काेषकाे हाे । यी सव स्याल हुईँया मात्र हाे । कसैले रमाइलोका लागि बाेलेकाे बिषय पत्याउने जमात पनि त छ देशमा । कति काे नियतै खाेटाे भएर याे अनावश्यक हल्ला गरेकाहुन् ओलीले भने ।

पत्रकारको एक प्रश्नमा ओलीले भने हामी सरकार गिराउन लागेकाे नभै सरकार नै जनताकाे सामु निकम्मा सावित हुँदैछ ।

भाेली १५ गते भरतपुर २४मा आयाेजना हुने धान राेपाई भन्दा पहिला विहान ८ बजे भरतपुर गेष्टहाउसमा हुने सभामा अध्यक्ष केपी ओलीले सम्बाेधन गर्नुहुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्याैपानेले जानकारी दिनुभयाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0