४ असार २०८०, साेमवार ।

चितवन/ अब आईन्दा कालिका नगरपालिका भित्र खाना फाल्नेले कार्वाही भाेग्नुपर्ने भएकाे छ ।

आईतवार सम्पन्न नगरसभाले खाना फाल्नेलाई नियमन गर्न कार्यविधि नै बनाईने निर्णय भएपछि साे नीति कार्यान्वय मा आउने भएकाे हाे ।

एक त खाना हरेक प्राणीको जीवन जिउने आधार हाे भने अर्कोतर्फ बिहान बेलुकी कै छाकटार्न मुस्किल जनताहरुकाे गाँऊठाऊँ बसेर अनाज नै खेर फाल्न नैतिकतले पनि नदिनेभएकाेले खाना फाल्नेलाई कार्वाही गरिने निर्णय भएकाे कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले बताउनुभयो ।

हाम्राे धर्मशास्त्रले समेत अन्न फाल्नेलाई महापाप लाग्ने वर्णन गरेकाेमा नगरपालिकाले नै अन्न फाल्नुहुन्न भन्ने चेत भर्न यस्ताे निर्णय गरेकाेमा अैाधि खुशी लागेकाे कालिका ६ का भाेजराज तिम्सिना बताउनुहुन्छ ।

किन यस्ताे निर्णयमा पुग्नुपरेकाे हाे भन्ने श्रीखबरकाे जिज्ञासामा मेयर रेग्मी भन्नुहुन्छ – हामी कुनै धनीमानी र आर्थिक सम्पन्न भएर नगरपालिका बासी भएका पनि हाेइनाैँ । हामीले आफ्नै मिहिनेत र याेजनाले आर्थिकसामाजिक सम्पन्नता निर्माण गर्ने हाे । सम्पन्नता सँगसँगै हामी समाजमा सामाजिक मूल्य मान्यता र उचित सँस्कारकाे पनि निर्माण गर्न चाहन्छाैँ । हाम्रा घर गाउँमा कतिका घरमा बिहान बेलुकी काे छाक टार्नै मुस्किल परिरहेका नागरिक हुनुहुन्छ । हामी वहाँहरुकाे जीवन उकास्न प्रयत्नशील छाैँ । सँसारमा खाना कहिँ पनि फाल्न पाईदैन, झन् खानै मुस्किल भएका समाजमा बसेर खाना फाल्ने अनि घरगाउँमा घक्कु लगाउँदै हिड्ने, याे हुनसक्दैन ।

रेग्मी भन्नुहुन्छ ” खाना फाल्नु अपराध हाे, असभ्यता हाे र प्राकृतिक न्यायकाे शिद्धान्त विपरितकाे कुसँस्कार हाे,अनाज माथिकाे अन्याय हाे।अझभनाैँ महापाप हाे ।”

नगरपालिकाले खाना फाल्नेलाई कार्वाही गर्ने निर्णय गरेकाे सुन्दा आफुलाई खुशी लागेकाे कालिका पदमपुरका रामलाल कुमाल बताउनुहुन्छ । वहाँ भन्नुहुन्छ ” जुन चिज खाएर प्राणी बाँचिरहेकाे हुन्छ त्यसकाे सँरक्षण गराैँ, अनाजकाे सम्मान गराैँ , अनाज प्राणीका लागि भगवान हाे यसकाे सम्मन र आदर गराैँ भन्ने भावनाकाे साथ नगरले यस्ताे निर्णय गरेकाे हुनुपर्छ ” वहाँ थप्नुहुन्छ” कतै खानै नपाएर अप्ठ्यारो परिरहेकाे छ कतै खान तयार पारेकाे अनाज डस्विनमा त फाल्न भएन नी,अन्नले पनि सराप्छ ।

भाेजभतेर,बिबाह, पार्टी जस्ता सभा र कार्यक्रममा विभिन्न बहानामा अत्याधिक रुपमा खाने अनाजहरु फाल्ने परिपाटी बढेकाे प्रति चिन्ता व्यक्त गर्दै नगर सभाले यस्ताे निर्णय गरेकाे हाे । कालिका नगरपालिका चेपाङ जस्ता सिमान्तकृत तथा लाेपाेन्मुख जनजाति भएकाे क्षेत्र पनि हाे जहाँ खाद्यान्नकाे सधैजसाे अभाव परिनै रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0