१ असार २०८०, शुक्रबार ।

चितवन / कालिका नगरपालिकाले आफ्नो पालिकाका केही विद्यार्थीलाई प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति सहयाेग गरेकाे छ ।

नगरपालिकाले प्राविधिक विषयमा विभिन्न कलेजहरुमा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्तिकाे रुपमा आर्थिक सहयाेग गरिएको कालिका नगरपालिकाका मेयर विनाेद रेग्मीले बताउनुभयो ।

नगरपालिकाले कालिका नगरपालिका वडा न ७ का आर्जन खनाललाई MBBS मा अध्ययन गर्न रु ८० हजार सहयाेग गर्ने निर्णय गरेकाे छ । उनी भरतपुर स्थित चितवन मेडिकल कलेज( CMC )मा अध्यनरत छन् । यसैगरी साेहि वडाका श्री मेडिकल एण्ड टेक्निकल कलेज, भरतपुरमा बि फार्मेसीमा अध्यनरत सृजना शर्मालाई रु ६० हजार छात्रवृत्ति सहयाेग गर्ने निर्णय भएकाे मेयर रेग्मीले बताउनुभयो ।

यु टेक कलेजमा ईन्जिनियरिङ अध्ययनरत अतिथि अर्याललाई पनि रू. ६० हजार उपलब्ध गराईएकाे छ भने तिलक बिकलाई स्नातक आईटी का लागि रु. ६०हजार , साेफिया आचार्यलाई कृषिमा स्नातक गर्न रु. ६० हजार र डिप्लोमा डेन्टल गर्न रीमा चेपाङलाई रु. ४०हजार छात्रवृत्ति रकम उपलब्ध गराईएकाे छ ।

जेष्ठ २८ काे निर्णयले उक्त रकम विनियोजन भएको हो भने ७ दिन भित्र बैक खाता सहित विद्यार्थीलाई सम्पर्कमा आउन समेत भनिएकाे पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0