२६ जेष्ठ २०८०,शुक्रबार ।

चितवन/देशभर करिव ३५ वटा शाखा खाेलेर शिव शिखर बहुउद्देश्यीय नामकाे सहकारीले देशभरबाट करिव १० अरव ठगी गरेकाे हुनसक्ने पिडितहरु बताउँछन् ।

भरतपुर १२ स्थित चितवनकाे एउटा शाखाबाट मात्रै ८०४४ जनाकाे करिव ७० कराेड रकम विभित्र बचतका नाममा ठगिगरेकाे शिव शिखर सहकारी पिडित सँघर्ष समितिले जनाएको छ।
रकम उठाएर लामाे समयदेखि सम्पर्क विहिन भएको देशैभरका शाखाका अहिले वेवारिशे हालतमा पुगेका छन् ।

शिव शिखर अर्गनाइजेसन नामबाट आई पि ओ मा लैजाने प्रलोभनमा पारी करोडौं काे शेयर बिक्री गरि लापत्ता भएकाे उक्त सहकारीका केही मान्छेहरुलाई समात्न सफल भएपनि मुख्य अभियुक्तहरु भने सम्पर्क विहिन छन् ।

सो सहकारीका स्थापना कालका मुख्य सन्चालक अध्यक्ष रत्नाखर शर्माका छाेरा उढरापुर २ बाँके स्थाई ठेगाना भएका केदारनाथ शर्मा हुन् भने हालका अध्यक्ष काेहलपुर -४ बाँकेका सुशील बानियाँ हुन् ।

मुख्य कार्यालय काैशलटार मध्यपुर ठिमी नगरप, भक्तपुर रहेकाे साे सहकारीका दजि बहादुर तामाङ काे छाेरा लदाभिर सिन्धुलीका तेज बहादुर तामाङ छन् । उनी साे सँस्थाका सचिव हुन्। सदस्यहरुमा अमृतलाल भण्डारी का छाेरा काठमाडौं ४ का अनिस राजभण्डारी,कृष्णगाेपालका छाेरा भक्तपुरका राजु शाककर्मी,कैलालीका भुवानी सिँहका का छाेरा दिपक बहादुर ऐर रहेकाे श्रीखवर सञ्चारले प्राप्त गरेकाे सूचनामा उल्लेख छ । यसैगरी जनक बहादुर मल्लको छाेरा बाँझ -८ बाझाङ घरभएका पुष्कर मल्ल ,उर्लाबारी -६ का लिलानाथ गाैतम भने साे सहकारीका व्यवस्थापक हुन् । उनी चन्द प्रसादका छाेरा हुन् ।

१० वटा भन्दा बढी सँस्था सँचालन गरेर शिव शिखर अर्गनाइजेसन काे नामले छाता सँस्था बनाएका साे सँस्थाकाे निर्देशक भने भानुभक्त का छाेरा काेहलपुर -३ घर भएका गिता शर्मा हुन् भने साविक सितापुर -१ का युवराज थापा समेतको साे सँस्थामा सँलग्नता रहेकाे सहकारी पिडित सँघर्ष समितिले जनाएको छ।

सहकारीले भरतपुर १२ स्थित जिल्ला प्रशासन चाेक नजिकैकाे शाखाबाट मात्रै ८०४४ जना बचतकर्ता बाट करोडौं बचत उठाएकाे छ ।

२०६२ सालमा मध्यपुर थिमी नगरपालिका वडा नम्बर – ३ काे काशाैलटारमा मा मुख्य कार्यालय उक्त सँस्थाकाे मुख्य सन्चालक भने निवर्तमान सन्चालक समिति अध्यक्ष केदारनाथ शर्मा र हालका अध्यक्ष सुनिल बाँनिया रहेकाे खुल्न आएकाे छ ।

साे सँस्थाले याेजनाबद्द तरिकाले ठगी गरेकाे पिडितहरु बताउँछन् ।अनेक किसिमका बचतकाे नामदिई आकर्षक ब्याज दिने बहानाले कराेठाैँ उठाएकाे र बचत गराउन त्हाँ कार्यरत कर्मचारी समेत विश्वासमा पारेकाे पिडितहरुकाे भनाईरहेकाे छ ।

पटकपटक बचत फिर्ता गर्छाै भनी लिखित कबुलियत गरे पनि हाल मुख्य व्यक्तिहरु नै बेखवर रहेकाेले उनीहरु उपर सहकारी ऐन २०७० काे मुताविककाे कसुर गरेकाे हुँदा ती व्यक्ति हरुलाई पक्राउ गरि ठगी गर्ने ती व्यकहरुलाई कानुन बमोजिम कार्वाही गरी विगाे,क्षेतीपुर्ती र हर्जना समेत गरि बचत रकम फिरेता भराई पाउँ भन्दै पिडितहरुले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिन तयारी गरिएको पिडितहरुकाे भेलाले गठन गरेकाे सँघर्ष समितिका सँयाेजक नारायण भण्डारीले बताउनुभयो । समिति गठन तथा कानुनी कार्वाहीकाे प्रकृयाका लागि भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हरि पन्त काे राम्राे साथ र सहयाेग प्राप्त भएकाे सँघर्य समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0