२५ जेष्ठ २०८० बिहिवार ।

चितवन /गाेरखा भुईँल्चाेक र साेहि क्षेत्रमा जिन्दगीको ३५ बर्षे शिक्षक पेशाबाट निवृत्त भएपछि चितवन ईच्छाकामनाकाे फिसलिङ झर्नुभएका गाेबर्धन अधिकारीलाई गाउँ समाजले ६ बर्ष पहिले सम्पन्न स्थानीय चुनावमा त्यहि क्षेत्रबाट वडा अध्यक्ष नबनि सुखै दिएनन् ।

वडा अध्यक्ष जितेपनि आफू जुन हालतमा बेदाग पसेकाे त्यसैगरी निस्कन सकिन्छ कि सकिदैन भन्नेमा खुबै पीर लागेकाे थियाे , बेदाग पदभार पुरागरेँ – खुशी छु भन्नुहुन्छ – अधिकारी सर ।

अन्य व्यापार व्यवसायकाे अलवा अहिले वहाँ बागवानी व्यवसायी किसान समेत हुनुभएको छ। वहाँकाे रत्ननगर १४ स्थित पिठुवामा ग्रीनलिप मल्टि एग्राे फर्म छ । फर्ममा कतै ड्राईगन फुलिरहेका छन् भने कतै टिप्ने तयारीका फलहरु छन् । फर्ममा विभिन्न जातजातिका फलफुल भए पनि करिव ४ सयवटा ठडिएका पिल्लरमा झपक्क ड्राईगन फ्रुट छन् । एउटा पिल्लरमा चारवटा बिरुवा राेप्न मिल्छ । फर्म अवलोकन गराउँदै अधिकारी सरले भन्नुभयाे ” हामीकहा १० कठ्ठा जग्गामा एवाेगाडाे खेती गरिएको छ।”

जिन्दगीको भाेगाईमा धेरै अनुभव भए ,कति रहरले भए कति बाध्यताले तर याे बागवानीकाे अनुभवले भने स्वणीम आनन्द दिएकाे छ – वहाँ भन्नुहुन्छ ।

शुरुमा त खान कै लागि भनेर लगाएका हाैँ पछि यसलाई व्यवसायीकरण गर्नैका लागि फर्म विस्तार गरिएको वहाँ बताउनुहुन्छ ।

हालसम्म फलकाे बजार राम्राे भएकाे देखिएकाे र आम्दानी पनि अरु खेतीकाे तुलनामा राम्रै रहेकोले पेशालाई बढाउने साेच रहेकाे वहाँकाे भनाई रहेकाे छ ।

पेशा राम्रो छ भन्दैमा आफुलाई ज्ञानै नभई पेशा थाल्न नहुने वहाकाे तर्क छ । सबैभन्दा पहिला आफ्नाे रुचि, रुचि अनुसारको भुगाेल र बाली छनाैट मुख्य बिषय भएकाेले यसमा ध्यानदिन वहाँ नवआगन्तुक किसान साथीहरूलाई सुझाउनुहुन्छ ।

खेती गर्दैमा आम्दानी हुने नभै सीप र लगन दुबै चाहिन्छ । आफ्नाे फसलकाे बजारभाउ कस्ताे छ, प्रतिस्पर्धा कस्ता छन् सबै कुरामा ध्यान नदिए नाफा त परै जाआेस् – डुबिन पनि सकिनेमा वहाँ सचेत गराउनुहुन्छ ।

राज्यका निकायले अलिकति मात्रै सहयाेग गर्ने हाे भने बागवानी कृषि व्यवसायले किसानलाई आर्थिक उपार्जनका साथै स्वस्थ फलफूल उपभाेग गराई स्वस्थ जिन्दगी जिउन सहयाेग मिल्ने वहाँकाे बुझाईरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0