जेष्ठ १७,काठमाडौं ।

महालक्ष्मी विकास बैंकले आफ्नाे २९अैाँ वार्षिकोत्सबकाे अवसर पारेर ” महालक्ष्मी कर्पाेरेट क्रिकेट लिग-2023 ,शृङ्खला 2 काे आयाेजना हुने भएको छ । बैक द्वारा आज आयाेजित पत्रकार सम्मेलनमा साे जानकारी गराईएकाे हाे ।

२० गते शनिबारदेखि शुरुहुने साे लिग प्रतियोगितामा विभित्र बैंक तथा वित्तीय सँस्थाका १६ वटा टिमकाे सहभागीता हुने साे बैकका कार्यकारी निर्देशक जलज कुमार अधिकारीले बताउनुभयाे ।२२ गते साेमबारसम्म सन्चालन हुने उक्त लिग श्रृङखला ईमाडाेल स्थित क्लवपार्क ईन्डाेर क्रिकेट मैदानमा सम्पन्न हुनेछ ।

कम नकआउट माेडेलमा खेलिने तय भएकाे साे लिगका सहभागी टिमलाई ४ वटा समुहमा विभाजन गरिने छ भने उत्कृष्ट २ समूह क्वाटर फाईनलमा प्रवेश गर्ने आयाेजकले जनाएको छ। खेल १० ओभर प्रति ईनिङ्सकाे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0