फागुन १०,चितवन

राष्ट्र,राष्ट्रियता,धर्म,सँस्कृति र नागरिक बचाऊ अभियानले शनिबार चितवनमा आयाेजना गर्न लागेको आमसभामा सहभागी हुन दुर्गा प्रसाईं चितवन आउने भएका छन् ।

अभियानका कार्यक्रम सँयाेजक पदम पाण्डेले बुधवार चितवनमा पत्रकारका माझ साे बताएका हुन् ।फागुन १ गतेबाट मेची पुलबाट पूर्वराजा ज्ञानेन्द्र शाहकाे उपस्थितिमा शुरु गरिएको अभियानकाे निरन्तरताकाे रुपमा चितवनमा आमसभा गर्न लागिएको आयाेजकले जनाएको छ।

चितवनकाे नारायणी नदि किनारमा हुने साे कार्यक्रममा लाखौंको सहभागीता हुने आयाेजककाे दावी रहेकाे छ ।बैंक तथा वित्तीय सँस्थाकाे आतंक देखि राष्ट्र र राष्ट्रियता रक्षाका लागि अभियान चालिएको आयाेजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0