फागुन ११,चितवन
फागुन २५ गतेहुने रास्ट्रपतिकाे निर्वाचनका लागि मतदान गर्ने मतदानको नामावली सार्वजनिक हुनेभएको छ । आजै निर्वाचन कार्यालयले सार्वजनिक गर्ने नामावली उपर दावी विरोध पेशगर्न समेत आयाेगले भनेकाे छ।
१२ गते अन्तिम नामावली प्रकाशन गरिने आयाेगले जनाएको छ । सर्वाेच्च अदालतले गरेकाे निर्णयका आधारमा केही मतदाताहरुकाे नाम थपघट हुनसक्ने भन्दै आयाेगले प्रकृया पुगेका मतदातालाई नाम थप गराउन चाहेमा सकिने जनाएको छ।
फागुन २५ गते रास्ट्रपतिकाे निर्वाचनमा कस्ले र कुन पार्टीले बाजिमार्ने हाे अझै पत्ताे छैन । पार्टी हरु बीच माैलाएकाे स्वार्थ केन्द्रित राजनीति ले नेपाल र नेपालीहरु भने आजित भैरहेको अध्ययनले देखाउँछ । चुनाव २५ गते सम्पन्न भै ७ दिन भित्र परिणाम आउने आयाेगले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1