२०८१ बैशाख २८, शुक्रबार

चितवन । नेकपा एमाले चितवनलाई जिल्ला अधिवेशनकाे चटाराे चलेकाे छ ।

जेष्ठ १०- १२ का लागि निर्धारण गरिएकाे जिल्लाकाे -११ अैाँ अधिवेशन सम्पन गर्न जिल्ला मातहतका धेरै कमिटीहरुकाे पटकपटक बैठक सम्पन्न भैसकेको र भाेलि बैशाख २९ गते अधिवेशन प्रतिनिधिहरु छनाैटहुने जिल्ला अध्यक्ष रामप्रसाद न्याैपानेले बताए ।

जिल्लाका ९८ वटै वडास्तरका इकाईहरुमा भाेलि एकैपटक प्रतिनिधि छनाैट हुँदैछ ।´- जिल्ला सचिव प्रकाश खनाल शैलेस´ ले भने।

चितवनको आसन्न अधिवेशनका लागि एमाले चितवनले पार्टी सदस्यका आधारमा प्रतिनिधित्व रहने र त्यसमा खुल्ला बाहेक महिला , दलित ,आदिवासी ,जनजातिकाे अलवा युवाहरुका लागि समेत अनिवार्य प्रतिनिधित्व हुनेगरि काेटा निर्धारण गरिएका छन् ।

आगामी नेतृत्वका लागि एमाले चितवनमा हालैका अध्यक्ष सहित थुप्रैले आकाक्षा व्यक्त गरेका छन् । अध्यक्ष रामप्रसाद आफैँ दह्रा प्रतिस्पर्धी हुन् भने हालका उपाध्यक्ष कमल पाठक, पुराना नेताहरू कृष्णभक्त पाेख्रेल, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का समेतकाे  आकाक्षीँमा चर्चा  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0