२०८१ बैशाख २८,शुक्रबार

चितवन । भरतपुर महानगरपालिका भित्रका मुख्य सडक सफागर्न महानगरपालिकाले ब्रुमर( धुलाे बढार्ने ) मेसिन सञ्चालनमा ल्याएकाे छ ।

भरतपुर भ्रमण बर्षसँगै महानगरलाई स्वच्छ र हराभरा बनाउने अभियानकै लागि ब्रुमर प्रयाेगमा ल्याइएको महानगर प्रमुख रेणु दाहालले बताइन् ।

निर्माण सम्पन्न भएका सडकहरुमा महानगरले ब्रुमर द्वारा सडक सरसफाइ गर्ने महानगरले जनाएको छ।

`निर्माण सम्पन्न भएका मुख्य सडकहरूमा महानगरले अब यसरी नै सडकको सरसफाई लाई ध्यान दिनेछ।र भरतपुरलाई स्वच्छ सफा हराभरा महानगर बनाउनेछौं´ – नगरप्रमुख दाहालले एक सञ्जाल मार्फत भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0