२०८१ बैशाख २८,शुक्रबार

चितवन । माडी – ठाेरी जाेड्ने केरुङ्गा खाेलामा पुल सञ्चालनमा आएकाे छ ।

बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री युवराज दुलनलले शुक्रबार उद्घाटन गरेसँगै साे पुलबाट अैापचारिक आवगमन शुरु भएकाे हाे ।

भरतपुर २४ स्थित केरुङ्गा खाेलामा बनेकाे साे पुल सम्झाैता सकिनुभन्दा ६ महिना अगावै सम्पन्न भै सञ्चालनमा आएकाे हाे ।

प्रदेश सरकारकाे ७ कराेड ९८ लाखमा निर्माण साे पुलकाे लम्बाई ७४ मिटर रहेकाे छ भने फुटपाथ सहित ८ दशमलव ४ मिटर रहेकाे छ । पुलले भरतपुरकाे २३ नम्बर र २४ नम्बर वडालाई जाेडेकाे छ ।

पुलकाे निर्माण ठेक्कदार कम्पनी केबिसी बिल्डर्स रहेकाे र निर्माण कम्पनीको कामकाे उच्च मुल्यांकन गर्दै उद्घाटन समारोह बीच कम्पनीका प्रमुख कुमार आचार्यलाई सम्मान समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0