उत्तरपुस्तिका काे महत्त्व र सम्वेदनसीलता कतिहुन्छ भन्ने छलफल भन्दा माथिकाे बिषय हाे ।

गत बैशाखमा लिइएको चारवर्षे बीए काे पहिलाे बर्षका जनसंख्या विषयकाे परिक्षाकाे उत्तरपुस्तिका हराएपछि चितवन स्थित बीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले पुन: परीक्षा दिनुपर्ने भएकाे छ ।

क्याम्पसले आज बिहिवार सूचना जारी गर्दै साे विद्यार्थीहरुका लागि पुनः परीक्षा हुने जानकारी गराएकाे हाे । तालिमका अनुसार पुनःपरीक्षा भने चैत्र २१गते विहान ७ बजेबाट १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालय बल्खुकाे निर्देशन अनुसार परीक्षा तालिका सार्वजनिक गरिएको क्याम्पसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0