२०८० चैत १५,बिहीबार

१० हजार ८ सय ६ विद्यालय विद्यालयका ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीकाे शैक्षिक भविष्यकाे ढाेका एसईई आजबाट शुरुभएकाे छ ।

२७ गतेसम्म सञ्चालन हुने परिक्षाले उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई एउटा महत्त्वपूर्ण ढाेका पारगराउने याे परिक्षाले धेरैका सपना पूरागराउने छन् ।

Banner

परीक्षा बाेर्डलेबोर्डले २ हजार ६४ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष¸ सहायक केन्द्राध्यक्ष¸ निरीक्षक¸ सहायक र सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ५ सय ५ जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्द्रमा खटाएको छ। यो वर्ष २ लाख ५३ हजार ६ सय २७ जना छात्र परीक्षामा सहभागी हुँदा दुई लाख २ लाख ५० हजार ७ सय ७२ छात्राले परीक्षा दिनेछन्।

परीक्षाफल लेटर ग्रेडिङ प्रणालीमा प्रकाशित हुनेछ। विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर विद्यार्थीले ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था थियो। तर अब एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्ने छ।कक्षा ११ मा भर्नाहुन सैद्धान्तिकमा कम्तीमा ३५ प्रतिशत ल्याउनुपर्ने नयाँ व्यवस्था रहेकाे छ ।

परीक्षा मर्यादित र अनुशासित रुपमा सम्पन्न हाेस् सँपूर्ण विद्यार्थीमा सफलताकाे हार्दिक शुभकामना ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0