तने बाेडी
परिचय :-
——–
काेशेबाली समूह भित्रपर्ने लहरेतरकारी बालीकाे रुपमा परिचित तनेबाेडी प्रशस्त मात्रामा प्राेटिन र भिटामिनयुक्त बाली हाे । याे खेती लगाउँदा बाेटकाे जरामा जम्माहुने तत्वले जमिनलाई उर्भर बनाईराख्न मद्दत गर्दछ। तराई देखि उच्च पहाडी क्षेत्रसम्म खेती गर्नसकिने याे बढी जाडाेयाम बाहेक सबैमहिना खेती गर्नसकिन्छ ।
बीउ छनाैट तथा राेपाई गर्ने समय :-
—————————
फल, यसकाे लम्बाई र राेग प्रतिरोधीका साथै भू- भागकाे आधारमा तनेबाेडीकाे बीउकाे सिफारिस गरिएको छ ।
बढि प्रयाेगमा आएकाे बीउहरुमा खुमल तने ,काश्मिरी तने ,सर्लाही तने,का साथै चाइनिज ३२४, ३१२, ४२४ आदि जातका तनेबाेडीकाे बीउ सिफारिस गरिएको छ।
तने बाेडी लगाउने उत्तम समय भनेकाे तराई भित्रीमधेशमा बैशाख देखि कार्तिक महिनासम्म र जाडाेकाे माैसम छाेडेर फागुन चैत्र महिनासम्म लगाउन सकिन्छ भने पहाडी भू-भागमा भने मँसिर पुष , माघ बाहेक सबै महिनामा खेतीगर्न सकिन्छ ।
जग्गाकाे तयारी र बीउकाे मात्रा:-
————————-
प्रशस्त मात्रामा प्राङ्गारिक मलखाद राखिएको , दाेमट प्रकृतिको माटाे तनेबाेडी लगाएत तरकारी खेतीकाे लागिउत्तम माेटाे मानिन्छ ।
यस्ता खेतीका लागि ४.५ देखि ६.५ पि.एच. मानभएकाे माटाे हुनु उत्तम मानिन्छ । राम्राेसँग गरि गाेठे वा कम्पाेष्ट माल राखेरत्तम माेटाे मानिन्छ । ४.५ देखि ६.५ पि.एच. मानभएकाे माटाे हुनु उत्तम मानिन्छ ।
राम्राेसँग गाेठे वा कम्पाेष्ट माल राखेर ३-४ पटक खनजाेत गरि कम्तिमा १ मिटर चाक्लाे ड्याङ बनाउने।यसरी लगाएकाे ड्याङकाे दुबै साईडमा बीउ राेपिन्छ ।
तने बाेडीकाे बीउ प्रति कठ्ठा १.५देखि २ किलाे प्रति राेपनी र १ देखि १.३ किलाे प्रति कठ्ठाका दरले बीउ लगाउनुपर्छ ।
यदि लगातार दुई बर्षदेखि कुनैपनि काेशेबाली नलगाएकाे जमिनमा तनेबाेडी लगाउने हाे भने लगाउने समयमा बाेडीकाे बीउमा नाईट्राेजन फिक्सिङ्ग ब्याक्टेरिया मिसाउनु पर्दछ ।
बीउ राेप्दा लाइनकाे दुरी १ मिटरकाे हुनुपर्दछ भने बीउ – बीउकाे दुरी २५ देखि ३० सेन्टिमिटर काे फरकमा लगाउनुपर्छ ।ड्याङकाे बीचमा कुलेसाे बनाउनुपर्दछ भने बीउ राेप्दा जमिन सतह भन्दा ३-५ सेन्टिमिटर गहिरो हुनेगरि राेप्नुपर्छ ।
गाेडमेल, थाँक्राे र सिचाई व्यवस्थापन :-
——————————
तनेबाेडी लहेदार प्रजातिकाे बाली भएका कारण राम्रो आम्दानी लिनका लागि थाँक्राे दिनु आवस्यक हुन्छ ।
आजकल बाँस वा काठकाे घाेचाेमा धागाे वा डाेरीकाे जाली बनाएर बिरुवा अड्याउने चलन बडेकाे छ । बिरुवाकाे बृद्दिबिकासका लागिमाटाे खुकुलाे हुनेगरि गाेडमेल गर्ने तथा झारपात हटाउनुपर्छ ।
बिरुवालाई फुल खेल्ने तथा फल लाग्ने समयमा चिस्यानकाे आवस्यकता पर्दछ तर बिरुवाकाे फेदमा भने पानी जम्न दिनुहुदैन ।
राेग, कीरा व्यवस्थापन :-
——————
बाेडीकाे बाेट/ लहरामा लाही कीराले ज्यादै दु:ख दिन्छ । डाँठ, पातमा टाँसिएर बिरुवाकाे रस चुसी , डुसी जम्मा गरि पातै पहँलाे पारिदिन्छ ।
लाही कीरा , सूर्तीकाे पात खाने कीरा , डाउनी मिल्ड्स कीराका साथै सिन्दुरे राेगले बिरुवालाई दु:ख दिन्छ ।
कीरा व्यवस्थापनका लागि कीराका फुल र लार्भा नै नष्ट गर्नुपर्ने हुन्छ । यसका लागि नीमयुक्त विषादी २ मि.लि.प्रति लिटर पानीमा मिसाएर राम्रोसँग भिज्नेगरी छर्ने ।
निमपत्ता , पाती, वा सर्वाे तेल १० मिलि प्रतिलिटर घाेलेर पनि छर्न सकिन्छ ।
बाली उत्पादन तथा सँकलन:-
तने बाेडी राेपेकाे ६० देखि ७० दिनमा फल लागेर टिप्न शुरु गरिन्छ ।कलिलाे मै टिप्दा बाेडीकाे बजार भाउ समेत राम्राे हुनेहुनाले हरेक ३-४ दिनमा बाेडी टिप्न सकिन्छ ।
बाेडी तरकारीकाे साथै सलादमा समेत प्रयाेग हुन्छ ।
हरियाे बाेडी प्रतिकठ्ठा १७० देखि २६० के जी सम्म उत्पादन लिन सकिन्छ ।