२०८० चैत्र ११, आइतबार

काठमाडौं। सुहाङ नेम्वाङ आगामी बैशाख १५ गते हुने इलाम – २ काे उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बन्नेभएका छन्।

एमालेका तत्कालीन उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङकाे गत भदाै २६ गते निधन हुन गै रिक्त साे क्षेत्रकाे उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने आजै बसेकाे नेकपा एमालेकाे सचिवालय बैठकले गरेकाे एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले जानकारी दिए ।

उम्मेदवारमा सिफारिस भएका सुहाङ पेशाले अधिवक्ता हुन् भने उनी दिगँवत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छाेरा हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0