२०८० चैत्र ३, शनिबार रत्ननगर, चितवन । नेकपा एमाले रत्ननगर नगरकमिटीले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा २० महिलासहित ८५ जनाले रक्तदान गरेका छन्।

पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभामा विपक्षी दलका नेता जेएन थपलिया प्रमुख अतिथि रहेको सो कार्यक्रममा पार्टीका नेता तथा जनप्रतिनिधि समेतले रक्तदान गरेका छन् ।

पार्टीलाई जनतासँग जोड्ने पुलको रुपमा सुरु गरिएको अभियानअन्तर्गत सामाजिक सेवा कार्यको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको नगर कमिटीका अध्यक्ष इश्वरीप्रसाद अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0