भरतपुर । बैदेशिक रोजगारीमा रहेका, उनका परिवार,जान चाहेने र फर्केकाहरुको सुरक्षा,संरक्षण साथै हक हित सम्बन्धी दुईदिने क्षमता विकास तालिम भरतपुरमा आज सम्पन्न भएको छ ।

सुरक्षित आप्रवासी कार्यक्रम “सामी ” को आयोजनामा भरतपुर महानगरपालिकाले सहकार्य गरी बिदेशमा लामो समय कामगरी फर्केकाहरुलाई लक्षित गरी तालिम दिइएको हो ।

 

तालिम समापन समारोहमा बोल्दै भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले रोजगारीबाट फर्केकाहरुले आफ्नो ठाउमा स्थापित हुन सामाजिक क्षेत्रमा जोडिन का लागी हक हित र सुरक्षामा राज्यले बार्षिक योजना अनुसार कार्यक्रम ल्याउनु पर्छ भन्दै तालिमले सहभागीलाई सामाजिक क्षेत्रमा स्वयम सेवक भइ केही योगदान गरौँ  भन्नेमा प्रेरित गर्नेमा विश्वास लागेको बताइन।

सुरक्षित आप्रवासन कार्यक्रम ‘सामी’ का मुख्य प्रशिक्षक सनत सापकोटा साथै चितवन जिल्ला कार्यक्रम संयोजक सूर्य पौडेल,महानगर कार्यक्रम परिचालन अधिकृत शारदा पोख्रेल, रत्ननगर परिचालन अधिकृत उमा पौडेलले क्षमता विकास तालिम प्रदान गरेका थिए ।

चितवन जिल्ला सात वटा पालीकाबाट आप्रवासी श्रमिक संजाल बाट बीसजना सहभागी छनौट भइ कार्यम्रम भाग लिएका थिए ।

आप्रवासी श्रमिक संजालका बागमती प्रदेस सल्लाहकार सुर्य भट्टराईको अध्यक्षतामा संचालन भएको कार्यक्रमको अतिथि प्रदेश कमिटिका कोषाध्यक्ष निमकान्त पाण्डे रहेका थिए ।

गंगा थापा श्रेष्ठ को अध्यक्ष- भरतपुर , उपाध्यक्ष- माडी ,महासचिब- रत्ननगर ,ईत्छाकामना- कोषाध्यक्ष गरी सबै पालिका बाट ११ सदस्य चयन गरी आप्रवासी सेवा समाज “संजाल ” चितवन जिल्ला कमिटि चयन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0