२०८० फागुन १७, बिहीबार

भरतपुर, चितवन । फागुन १८ ( १ मार्च, २०२४) गते भाेलि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड द्वारा नारायणी नदि किनार , प्रदर्शनी मैदानमा उद्घाटन हुने `भरतपुर भमण वर्ष-२०२४´ का लागि भरतपुरका २९ वटै वडाका नागरिक तथा  सँघसँस्थाहरु -याली सहित उपस्थित हुन विभिन्न रुटहरु तय गरिएको छ ।

दिउसो १ बजे उद्घाटन कार्यक्रममा उपस्थित हुनका लागि महानगरका वडा नम्बर ६,८,९,१३,२१ र २२,२३,२४ का नागरिक तथा सँघसँस्थाका लागि हाकिमचाेकमा जम्मा भै चाैबिसकाेठीबाट राजमार्गमा प्रवेश गरि सहिदचाेक , पुलचाेक हुँदै उद्घाटन स्थल प्रदर्शनी मैदान पुग्ने छन् ।

यसैगरी त्रीचाेकमा जम्मा भै वडा नम्बर ५,७,१४,१५,१८,१९,२०, र २५,२६,२७,२८ का नागरिक तथा सँस्थाहरु चाैविसकाेठीबाट राजमार्ग प्रवेशगरि सहिदचाेक हुँदै प्रदर्शनी मैदान पुग्नेछन् ।

जिल्ला प्रहरी कार्यालय अगाडि गेष्टहाउस चाेकमा भने भरतपुरका वडा नम्बर १०, ११, १२ र २९ का नागरिकहरु भेला भै -याली चाैविसकाेठी- सहिदचाेक – पुल्चाेक हुँदै उद्घाटन स्थलमा पुग्ने रुट तय भएकाे छ ।बेलचाेक रुटबाट भने वडा नम्बर ३,४,१६ र १७ का नागरिकहरुकाे -याली आउने छ ।

सातै प्रदेशबाट अतिविशिष्ट अतिथिकाे उपस्थितिमा उद्घाटन हुने भ्रमण वर्ष उद्घाटन सभामा सहभागी हुन भरतपुर वडा नम्बर १ र २ का नागरिक तथा सँस्था भने क्याम्पाचाैरमा उपस्थित भै उद्घाटन क्षेत्र प्रवेश गर्न मूल आयाेजक समितिले -यालीकाे रुट तय गरेकाे छ ।

उद्घाटन सभामा विभिन्न पहिचान सहितका -यालीले सहर प्रबेश गर्ने छ भने ५० हजार बढी नागरिककाे उपस्थितिमा भ्रमण वर्षकाे उद्घाटन हुने अपेक्षा गरिएकाे छ ।

`भरतपुर भ्रमण वर्ष-२०२४´ भरतपुर महानगरपालिका द्वारा नेपाल पर्यटन वाेर्ड र निजी क्षेत्रसँगकाे सहकार्यमा “ घुमाैँ भरतपुर´´भन्ने मुल नाराका साथ पर्यटन क्षेत्रलाई प्रवर्द्धन गरेने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरु समावेश गरि आयाेजना गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0