२०८० फागुन १६, बुधबार
आशिष आचार्य , काठमाडौं विगत चार बर्षदेखि बस्न नसकेको सङ्घ , प्रदेश र स्थानीय तहकाे समन्वय र अन्तरसम्बन्ध सम्बन्धि गठित राष्ट्रिय समन्वय परिषदकाे बैठक यस वर्ष भने दुईपटक बसी सङघीयताकाे कार्यान्वयनका विभिन्न आवस्यक निर्णय लिइएको प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले बताउनुभएको छ ।
दाहालले राष्ट्रियसभाकाे राष्ट्रिय सराेका, तथा समन्वय समितिकाे आज बसेकाे बैठकमा साे बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले राष्ट्रिय निकुञ्ज र आरक्षणमा आयाेजना सञ्चालन सम्बन्धि निर्देशिका स्वीकृतभै कार्यन्वयनमा आएकाे , नदिजन्य सामाग्रीकाे सहज आपूर्ति सम्बन्धि विधयक सँसदमा टेवुल भएकाे बताउनुभएको थियाे ।
बैठकमा प्रधानमन्त्री दाहालले काठमाडौं – तराई मधेस दूर्तमार्ग, हुलाकी राजमार्ग , बूढीगण्डकी परियाेजना देखि जनकपुर- कुर्था- भगाहा रेल, सुनकाेसी मरिन डाइभर्सन आयाेजनाका कामहरलाई गतिदिने काममा सरकार प्रयत्नशील रहेकाे बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1