२०८० माघ २५, बिहीबार

आँखा उपचार केन्द्र स्थापना गर्न भानु नगरपालिका र नेपाल नेत्रज्योति सँघ भरतपुर आँखा अस्पताल बिच सम्झौता सम्पन भएकाे छ ।

भानु नगरपालिकाकाे वडा नम्बर २ स्थित नारेश्वरटारमा १६ अैाँ आँखा उपचार केन्द्र स्थापना गर्ने सम्झौता भएकाे नेत्रज्याेति सँघ चितवनका उपसभापति तेजेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।

सम्झाैता पत्रमा नगरपालिकाकाे तर्फबाट नगर प्रमुख आनन्दराज त्रिपाठी र प्रमुख कार्यकारी अधिकृत दिवाकर पाैडेलले हस्ताक्षर गर्नुभएकाे छ भने सँस्थाकाे तर्फबाट नेत्रज्योति सँघ चितवनका सभापति जयराम श्रेष्ठ र उपसभापति तेजेन्द्रबहादुर खड्काले हस्ताक्षर गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0