रामलाल कुमाल

२०८० माघ २०, शनिबार

कालिका । जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा खानेपानी मन्त्रालयका मुख्य सचिव सुरेश आचार्यले अनुगमन गरेका छन् ।

सचिव आचार्यले खानेपानी तथा सरसफाई सह-लगानी अन्तर्गतको करिब १९ करोड बजेटको काम र अहिलेसम्मको प्रगति प्रतिवेदन को निरीक्षण गरेका हुन् ।

निरीक्षणको क्रममा हालसम्म भए गरेको काम देखेर आफू सन्तुष्ट भएकाे समेत बताए ‘। यहाँ कतिपय योजनाहरू ठेकेदार कम्पनीको लापरवाहीले कयौं वर्षसम्म अलपत्र पारिरहेको अवस्थामा यस जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्माण हुँदै गई रहेको विवरण सन्ता्ेषजनक पाइयाे ‘ अनुगमन पश्चात् पत्रकारसँग उनले भने ।

यसै क्रममा अब खानेपानी बोर्डको व्यवस्थापन गरी त्यसै अनुरुप चल्न पनि सुझाए। कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन समितिका उपमहानिर्देशक रामकुमार श्रेष्ठ ज्यूले पनि यस संस्थाको बारेमा अनुगमन तथा सुझाव प्रस्तुत गरेका थिए ।

अनुगमन पश्चात् आयाेजित कार्यक्रममा कालिका नगरपालिकाको नगर प्रमुख विनोद रेग्मीले नेपाल खानेपानी मन्त्रालय र कालिका नगरपालिका बीच विभिन्न कुराहरुमा समन्वय गर्ने र सहयोगको अपेक्षा समेत राख्दै निर्माण व्यवसायीले माग गरे बमोजिमको थप म्यादको विषयमा पनि केही लचकता अपनाइदिन अनुराेध गर्नुभएकाे थियाे । ‘ यहाँहरूको साथ र सहयोगको अपेक्षाकाे खाँचाे छ ‘ मेयर रेग्मीले भन्नुभयो ।

साे अवसरमा निर्माण व्यवसायीको तर्फबाट प्रतिनिधित्व गर्दै इन्जिनियर रमेश बाबु ढकालले २०७८ जेठ २३ गतेबाट ठेक्का सम्झौता भई आएको जुटपानी खानेपानी तथा सरसफाई सहलगानी को ठेक्का सम्झौता भएपछिको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ठेक्काको सम्झौता अनुसार करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी १०% काम आगामी जेठ मसान्तभित्र सम्पन्न गरी समितिलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जाहेर गरे । संघीय खानेपानी तथा ढल व्यवस्थापन समितिका प्रमुख सुन्दर सुवेदीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाको तर्फबाट संस्थाको परिचय र अहिलेसम्मको अवस्थाको बारेमा संस्थाका अध्यक्ष होम बहादुर गुरुङज्यूले प्रकाश पार्नुभएको थियो। उक्त कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन समितिका वरिष्ठ इन्जिनियर श्री चिरञ्जीवी सेडाई लगायत खानेपानी मन्त्रालयका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरु को संयुक्त उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0