२०८० माघ २०,शनिबार

नेकपा एमालेकाे सँसदीय समितिकाे बैठक शुरुभएकाे छ । आज र भाेली आइतबारसम्म चल्ने साे बैठक २२ माघबाट शुरुहुने बजेट अधिवेशनमा कसरी प्रस्तुतहुने भन्ने विषयमा रणनैतिक छलफल हुने सचेतक महेश बर्ताैलाले जानकारी दिए ।

‘ सरकारका कामकारबाही तथा जनताका सराेकारका मुद्दाहरुमा प्रमुख प्रतिपक्षकाे हैसियतले कसरी प्रस्तुतहुने भन्ने बारेमा बैठकमा छलफल छ ‘- बर्ताैलाले भने ।

बैठक सँसद भवनकाे ल्हाेत्से हलमा आयाेजना गरिएको हाे । सरकारले यहि माघ २२ गते बजेट अधिवेशनकाे मिति तयगरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0