२०८१ बैशाख ३१, साेमबार
चितवन । पूर्व- पश्चिम राजमार्गकाे चितवन र गैडाकाेट जाेड्ने नारायणी नदी माथि बन्नलागेकाे सिग्नेचर ब्रिजका परिकल्पनाकार रघुबीर महासेठ भएकाे प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले बताउनुभएको छ ।
साेमबार निर्माणस्थल नारायणी किनारमा आयाेजित सिलान्यास सभामा वहाँले साे बताउनुभएको हाे ।
आफू अघिल्लाेपटक प्रधानमन्त्री भएकाे समयमा तथा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय समालेका हालका उपप्रधानमन्त्री तथा भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले पुलकाे परिकल्पना गरेकाे दाहाल बताउनुभयो ।
४ सय २० मिटर लामाे साे पुल यातायातका दृष्टि मात्र नभै विकास र समृद्धिका दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेकाे प्रधानमन्त्री दाहालले बताउनुभएको छ ।
` याे एउटा रणनैतिक दृष्टिकोणले समेत र विकासमा नयाँ आयाम दिने कार्य हाे ´- पुलकाे सिलान्यास गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयाे ।
२ सय चालिस बर्षकाे राजतन्त्रले गर्न नसकेका कैयौं विकास र सँवृद्धिका काम गणतन्त्रको २० वर्षमा भएकाे उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल बस्नै नसकिने मुलुक बन्दैछ जस्ता झुठा प्रचार भन्दा वस्तुबादी विश्लेषण गर्नुपर्ने बताउनुभयो ।
भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे आयाेजनामा सम्पन्न सिग्नेचर पुल सिलान्यास सभाका सभाध्यक्ष उपप्रधानमन्त्री समेत रहनुभएका भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले देशले समृद्धिकाे बाटाे समातिसकेकाे र फेरि एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री प्रचण्डकाे याेजना र छलफलमा देशले विकासको गतिलिनुपर्ने बताउनुभयाे ।
चार बर्षमा पूराहुनुपर्ने गरि पुल निर्माणगर्न ठेक्का दिईएपनि आगामी ०८४ सालमा हुने निर्वाचन अगाडि नै पुल बनिसक्ने मन्त्री महासेठलेकाे याेजना रहेकाे बताइएको छ।