२०८१ जेष्ठ २, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा आयोजना गरेको ‘म स्वदेशमै पढछु विद्यार्थीमहोत्सव-२०८१’ आज पनि जारी छ ।

युवा विद्यार्थीलाई नेपालको शिक्षाबारे जानकारी गराउन र आफ्नै देशमा उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने भावना जगाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । मङ्गलबारदेखि सुरु भएको महोत्सवमा विद्यार्थीको उल्लेखनीय सहभागिता छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले महोत्सवमा विद्यार्थीले देशको शिक्षा प्रणाली र यहाँका कलेजका बारेमा जानकारी लिएको बताउनुभयो ।

महोत्सवको आज दोस्रो दिन ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व’ भन्ने बिषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराई, नेपाली कांग्रेसका नेता प्रदीप पौडेल र विद्यार्थी नेत्री मानुसी यमी भट्टराईबीच छलफल हुनेछ ।

महोत्सवमा आएका विद्यार्थीलाई दुनाटपरी र गुन्द्री बुन्न सिकाइने छ । भोलिसम्म सञ्चालन हुने महोत्सवमा एक सय ५० भन्दा बढी प्रदर्शनकक्ष राखिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0