२०८० माघ १३ , शनिबार
जुम्ला । तिला गाउँपालिकाकाे ६ नम्बर वडामा विवाह गर्न वडाकाे सिफारिस अनिवार्य गरेकाे छ ।
उमेरै नपुगी विवाह गर्दा आमा र बच्चा दुवैजनाकाे स्वास्थमा खतरा भै ज्यानै जाने स्थितिलाई राेक्न वडाले यस्ताे कदम उठाएकाे हाे । २०८०काे वैशाख २६ गतेबाटै याे नियक लगाईएकाे वडा अध्यक्ष जँग राेकमयले बताएका छन् ।
कानुनले २० वर्ष नपुगी विवाह गर्न राेक लगाएपनि समाजमा सानै उमेरमै विवाह हुनेगरेकाेले पनि यसबाट बचाउन यस्ताे नियम लगाउनु परेकाे वडाले जनाएको छ । यस वडामा जम्मा २१३ घरघुरी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1