२०८१ बैशाख ३०, आइतबार

कृष्ण खनाल, भरतपुर

आदर्श मा. वि. गजुरीबाट १२ कक्षा उत्तीर्ण सुजन बिसुन्के २२ वर्षमा दाैडीरहेका युवा हुन् ।

आफुजस्तै प्रेम किसुन्केसँग सरसल्लाह  पछि `गजुरी वरपरका पाखामा फलेका काफललाई भरतपुर पुर्याउन पाए बेच्न सकिन्छ´ भन्नेमा सहमत हुन्छन् ।

कान्लैकान्ला उक्लन्छन् दुई भाइ । ल तिमीहरू वनमा गएर काफल टिप हामी तिमीहरूले टिपेकाे सबै किनिदिन्छाैँ ´ – गाउँले केटाकेटीलाई उराल्छन् ।

३ दिन अघि उनीहरुले गाउँले केटाकेटीसँग ५ पाथी काफल किने र क्रेडमा राखे । एउटाले पछाडि बसेर क्रेड समायाे अर्काेले माेटरसाइक मुङ्लिङ हुँदै भरतपुर तर्फ हूँईकायाे । बिहानै निस्किएका उनीहरु आठ नबज्दै नारायणगढ पुगेर र क्षेत्रपुर हुँदै मेडिकल कलेज छिचाेले ।

घ्याच्च राेक्याे क्रेड भुँईमा झार्याे अनि भन्नथाल्याे आयाे है पहाडी काफल ´ चाख्नुस् है काफल – गिलासकाे सय मात्र  १००´ ।

१२-१ बजे भित्रैमा सबै काफल सकिए सुजन र प्रेमले ।

आँपटारी चाेक पुगेर हिसाप किताब गरेका सुजन र प्रेमलाई काम त याे गज्जव लाग्न थाल्याे।

तेल हालेकाे ५ सय र खाजा खाएकाे ४ सय कटाउँदा पनि सावाँ कटाईवरी २५ सय बचेपछि भने सुजनले भन्याे प्रेम अब माल पाउन्जेल ठाेक्ने हाे यार ।

२९ गते शनिबार सुजन र  प्रेमले सबैलाई काफल टिप्न उर्दिलाए र भने आज पाथीकाे ८ सयमा किनिदिन्छाैँ ।

सबेरै खानाखाएर जँगलछेउ पसेका सबैकाे जम्मापार्दा सुजन र प्रेमले ८ पाथी काफल ठिक पारेका छन् आइतवार भरतपुर पर्याउँन ।

आजभने मालपाेत कार्यालय वरिपरि बेच्ने शुरमा छन् केटाहरु । भाइ कति ल्याएका छाै , कहाँबाट ल्याएकाे नी साेधिखाजी चल्याे ।

हामी त गजुरीकाे हाे । कतिपढ्का छाै, याे बेचेर कति कमाउँछाै , थप जिग्यासा थपियाे । `१२ कक्षा पास गरियाे गाउँघरमा काम छैन , पाएकाे बेलामा गरिन्छ । बाहिरजान पैसा छैन । याे आईडिया लगाएकाे दिनकाे ज्याला जति त बच्दाेरैछ ´- सुजनले सुनाए ।

`साच्चै १२ कक्षा पढेकै हाे त ´ – साेधनी थपियाे । हाे नी हामी पढ्दा हेडसर रामचन्द्र अर्याल हुनुहुन्थ्यो , अहिले अर्कै हुनुभा छ – कड्केर जवाफ फाले सुजनले ।

पहाड कै जस्ताे छ खै खै बाबू २ गिलास ल्याउ त तुलसी चाेकमै अढ्याएर मीरा अर्याल र कुमार देउजाले किने काफल । `केटाहरुले गज्जव गरेका रहेछन् ´- काफल किन्दै कुमार देउजाले भने ।

गाउँघर नजिक पाखा जँगलमा पाईने काफल , ऐसेलु भरतपुर मै घरघरै पाउँदा पैसाकाे त्यति फिक्री नगरि किन्ने गरेकाे बताउँछन् सुजन । ` पहाडमा हुँदा गाेठालाेकाे खाजै यहि थियाे अहिले चाख्न पनि रहर – दुई गिलास किनेकी मिराले भनिन् ।

हिजाे सित्तैमा पाईने र जँगलमै सडेर फालिने वनका कन्दमूल र फलफूलहरुले बजार पाउँदा र पैसामा साट्नपाउँदा गर्जाेटरेकाे बेच्नेहरु बताउँछन् ।

आन्तरिक पर्यटन भन्ने हाेमस्टे खाेज्दै गाउँघरसम्म मान्छेहरु जानथाले पछि त घर गाउँमै पनि जँगली कन्दमूल फलहरु बेच्न पाएकाेमा खुशी देखिएपनि हिजाे गाउँ छाडेर शहर पसेकाहरु गाउँ घुम्न आउँदा पाखा जँगलका विरुवाकाे हाँगै भाचिदिने वाेटै लछारिदिने गरेकाेमा भने चित्त दुखाउँदारहेछन् सुजन विसुन्जे ।

उनी भन्छन् काफल बेचेर भएपनि वेराेजगारी टारेका छाैँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0