Open photo

२०८०पुस १५, आइतबार

चितवन । जिल्ला बहुउद्देश्यीय सहकारी सँघकाे आज पुष १५ गतेकाे अधिवेशनले भीष्मप्रसाद खनालकाे नेतृत्वमा जिल्ला कार्यसमिति निर्वाचित गरेकाे छ । भरतपुर १ स्थित हाेटल गँगाेत्रीमा सम्पन सँघकाे १० अैाँ वार्षिक साधारणसभा तथा तेश्राे अधिवेशनले खनाललाई अध्यक्षमा निर्वाचित गरेकाे हाे ।

९ सदस्यीय कार्यसमिति गठन भएकाेमा नारायणदत्त त्रिपाठी उपाध्यक्षमा चयन भएका छन् भने सचिव सुरेस पाैडेल,काेषाध्यक्षमा भने कुलप्रसाद खनाल निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा श्यामबन्धु पाेखरेल, रामजी पाैडेल,डिलु गुरुङ ,विष्णु कुमारी टन्डन( पाैडेल)र पूजा शर्मा निर्वाचित भएका छन् ।

दिनेश कुमार चुकेकाे अध्यक्षतामा सम्पन्न सँघकाे उद्घाटन सत्रमा प्रमुख अतिथि बागमती प्रदेश सहकारी सँघका काेषाध्यक्ष टिकाराम भट्टराईले सँस्थागत समस्यालाई समाधान गर्न सबै एकभएर जुट्नुपर्नेमा जाेड दिदै आफू सदैव जिल्ला सँघकाे साथमा रहेकाे बताउनुभएकाे भएकाे थियाे भने कार्यक्रममा जिल्ला सहकारी सँघका वरिष्ठ उपाध्यक्ष भक्तिराम अधिकारी, सामाजिक उद्यमी महिला सँघका अध्यक्ष पार्वती न्याैपाने, जिल्ला दुग्ध उत्पादक सहकारीका अध्यक्ष किशाेर बगाले, जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष विद्या काेईराला सहितका सहकारी अभियान्ता तथा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।

अधिवेशनले गाेविन्द प्रसाद पाैडेलकाे सँयाेजकत्वमा गणेश बहादुर श्रेष्ट र टीका बहादुर थापा रहनेगरि ३ सदस्य लेखा सुपरिवेक्षण समिति साेमेत गठन गरेकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0