Open photo

२०८० पुस ११,बुधबार

चितवन। पशुपक्षीकाे अैाषधी व्यवसायमा लामाे अनुभवी दिनेश कट्टेल ‘पशुपक्षी अैषधि व्यवसायी सँघ’ चितवनकाे अध्यक्ष हुँदै केन्द्रीय सचिवकाे जिम्मेवारीमा हुनुहुन्छ ।

पशुपक्षीकाे अैाषधीकाे पैठारी तथा बजारिकरण पेशामा समेत सम्लग्न व्यवसायी कट्टेलले आफू जिल्ला तथा केन्द्रीय तहकाे नेतृत्वमा रहदा पशुपक्षी अैषधी व्यवसायीकाे पक्षमा निरन्तर कृयाशील रहि पेशागत मर्यादा र व्यवसायीकाे हितमा थुप्रै कार्य गरेकाे अनुभव रहेकाे बताउनु भएकाे छ ।

केही समय विदेशमा रहि स्वदेशमै केही गर्नुपर्दछ भन्ने शाेच र अठाेटका साथ नेपाल फर्कि पशुपक्षीकाे अैषधी बिक्री शुरुगर्नुभएका कट्टेल पशुपक्षीकाे आहार उत्पादन तथा अैषधी आयात र बजारीकरणकाे समेत अनुभवी हुनुहुन्छ । उद्योग बाणिज्य सँघकाे समेत विभिन्न जिम्मेवारी समालिसक्नुभएका कट्टेल यतिखेर ‘ पशुपक्षी अैाषधि व्यवसायी सँघ’ काे केन्द्रीय सचिव रहनुभएकाे छ ।

कट्टेलले यहि पुस २४र २५गते चितवनमा हुन गैरहेकाे सँघकाे १४ अैाँ राष्ट्रिय महाधिवेशन तथा ३३ अैाँ साधारण सभामा केन्द्रीय उपाध्यक्ष( आयात तर्फ)काे पदमा उम्मेदवारी घाेषणा गर्नुभएको छ । प्रत्याशी दिनेश कट्टेलसँग केन्द्रीय उपाध्यक्षमा उम्मेदवारीकाे सेराेफेराे भित्र रहि उम्मेदवारी प्रस्तुत गर्नाकाे कारण र जित्ने आधारकाे बारेमा श्रीखबर अनलाइन सञ्चारका लागि पत्रकार कृष्ण खनालसँग गरिएको सँक्षिप्त कुराकानीकाे सम्पादित अंश:

= दिनेश जी नमस्कार , पशुपक्षी अैाषधी व्यवसायी सँघकाे केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घाेषणा गर्नुभएको रहेछ के का लागि उम्मेदवारी दिनुभएको हाे ?

* दिनेश कट्टेल – नमस्कार । हाे मैले आगामी केन्द्रीय कार्यसमितिका लागि उपाध्यक्ष ( आयन) मा उम्मेदवारी घाेषणा गरेकाे छु । मेराे उम्मेदवारीकाे मुख्य उद्देश्य भनेकाे पशुपक्षी अैाषधी व्यवसायमा आवद्ध पेशाकर्मीहरुकाे पेशागत हक हित र मर्यादित पेशा निर्माण गरि शुरक्षित व्यवसाय सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न कै लागि रहेकाे छ।

मैले पशुपक्षी अैषधी पेशाकर्मीकाे नाताले जिल्ला तह देखि केन्द्रीय तहसम्मकाे जिम्मेवारी समाल्दै हाल सचिवकाे जिम्मेवारीमा छु । आजकाे दिनसम्म मैले याे जिम्मेवारीमा रहि व्यवसायी साथीहरूकाे हित , तालिम तथा राज्यका विभिन्न निकाय तथा अैाषधि व्यवस्था विभागसँग समन्वय गर्नुका साथै अैाषधि निकासी व्यवसायमा रहनुभएका व्यवसायी साथीहरू हितमा जे जति काम गरेँ त्यस प्रति गर्व गर्दै गर्नुपर्ने बाँकी जिम्मेवारी पूरा गर्न समेत मैले उम्मेदवारी घाेषणा गरेकाे हुँ ।

= व्यवसायी साथीहरूले तपाईंलाई नै जिताउनु पर्ने कारण चाईँ के हाे ?

* दिनेश कट्टेल – हाे मैले चुनाव जित्नै पर्नेछ ।किनभने मैले जिल्लाकाे अध्यक्ष तथा केन्द्रीय सचिवकाे जिम्मेवारीमा रहदा हाम्रा व्यवसायी साथीहरूकाे पेशागत हक तथा हितका लागि पशु सेवा कार्यलय , कृषि कार्यालय देखि अैाषधि व्यवस्था विभागसम्म समन्वय गर्ने , अैाषधिकाे पैठारी व्यवसायमा सँलग्न साथीहरूमामा देखापरेको NOC का समस्यासम्ममा मैले गरेकाे याेगदान साथीहरूले देखि सक्नुभएकाे छ। अझै कति साथीहरूकाे फर्म नै नविकरण हुन सकिरहेकाे छैन। कति साथीहरू लाई पेशागत निरन्तरताका लागि तालिमहरु उपलब्ध गराउनुपर्ने छ ।

यी समस्या समाधान गर्न र पेशालाई मर्यादित र दीर्घकालीन बनाउन समेत मेराे सँस्थागत उपस्थिति अनिवार्य रहेका कारण मैले जित्नुपर्ने छ । साथीहरूकाे उत्साहाजनक समर्थनबाट बिजयी हुनेमा म ढुक्क छु ।

= आफ्ना मतदाता साथीहरूलाई केही भन्न चाहनुहुन्छ ?

* मेरा मतदाता साथीहरू म र मैले सँगठनका लागि गरेकाे याेगदानकाे बारेमा जानकार नै हुनुहुन्छ । मुख्यकुरा हाम्राे सँघ भनेकाे अैाषधि जस्ताे समवेदनशील विषयकाे व्यापार हाे । यसमा अनेक समस्या नआउन् भन्नका लागि हामी पनि आर्थिक , सामाजिक , कानुनी तथा पेशागत दक्षताकाे बारेमा जानकारी हुनु जरुरी छ । यी र यस्तै समस्यासँग जुध्दै हामीेले हाम्राे पेशालाई कम जाेखिमूर्ण र मर्यादित बनाउनुछ ।

सँघमा आबद्ध हुनुभएका र हुन चाहना राख्ने व्यवसायी साथीहरूकाे हितमा सँथागत रुपमा लागिरहनका लागि पनि म सँघकाे नेतृत्वमा जानू जरुरी छ ।  आशा र विश्वास छ साथीहरूले मलाई जिम्मेवारी दिनका लागि भारी मत प्रदान गरि विजयी गराउनु हुनेछ ।

= सफल व्यवसायी जिवनकाे शुभकामना , धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0