Open photo

२०८० पुष १०,मँगलबार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ( माओवादी केन्द्र )अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताउनुभएको छ।

मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित १३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभएको हो। उहाँले भन्नुभयो, ‘‘आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन। माओपछि विश्व परिस्थितिमा निकै ठूलो फेरबदल आएको छ।

सबैभन्दा ठूलो परिवर्तन आइटी क्षेत्रमा आएको छ। साम्राज्यवादले नयाँ नयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ। हामी मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण गर्नुपर्थ्यो, त्यो गर्न सकिरहेका छैनौँ। आजको मुख्य चुनौती यही हो।’’ अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । ‘‘माओको स्मरण गर्नुको अर्थ विचार र क्रान्तिलाई मौलिक ढंगले सोच्नु पनि हो। उहाँले मार्क्सवादका तीन वटै अंगमा मौलिक योगदान गर्नुभएको छ, मार्क्सवादको नितान्त सिर्जनात्मक विकास गर्नुभएको छ। हामीले सिक्ने यहीँनेर हाे ” अध्यक्ष दाहलले धरणा राख्दै भन्नुभयो ।

प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनुेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘‘हामी सामाजिक न्याय, सुशासन र समृद्धिलाई उच्च प्राथमिकता दिएका छौँ, यसको अर्थ समाजवादको आधार तयार पार्नु हो। त्यसकै आधारमा हामी अगाडि बढ्ने समेत बताउनुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0