Open photo

२०८० पुष ९,साेमबार

चितवन । विगत लामाे समय देखि साइवर सेक्युरिटीकाे क्षेत्रमा कार्यगर्दै आइरहेका आइटीसँग सम्वन्धी विज्ञहरुकाे सँस्था ‘साइवर सेक्युरिटी एण्ड इनाेभेसन रिसर्च सेन्टर’काे चितवन शाखा गठन भएकाे छ।

चितवन स्थित अर्किड कलेजकाे हलमा सँस्थाका सँस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले दिनेश पण्डितको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति गठन गरिएको हाे। समितिकाे उपाध्यक्षमा नवीन श्रेष्ठ निर्वाचित हुनुभएकाे छ भने मञ्जु घले सचिव र काेषाध्यक्षमा विकल बराल चुनिएका छन्।

यसैगरी सदस्यहरुमा आशिष खनाल, मिनिमाधव खनाल र सुदिप थपलिया रहेकाछन् । कार्य समितिले खेम आचार्य र कृष्ण खनाललाई सल्लाहकारमा मनाेनयन गरेकाे छ ।

कार्यक्रममा सँस्थापक सँयाेजक चिरञ्जीवी अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाई दिदै प्रविधिको आविष्कारसँगै सम्भावनाको खाेजी र यसबाट उत्पन्न हुनसक्ने जाेखिमलाई कम गर्ने कार्यमा क्रियाशील हुने मुख्य उद्देश्यले स्थापना भएकाे याे सँस्था प्रविधिसँग सराेकार राख्ने व्यक्ति तथा सँस्थाकाे साझा थलाे भएकाे बताउनुभयो। क्यानकाे महासचिव समेत रहनुभएका आईटी विज्ञ अधिकारीले सँस्थाकाे माध्यमबाट चितवनमा  क्रियाशील प्रविधिकसँग सम्बन्ध राख्ने क्रियाशील साथीहरू सँगठित हुँदै  सम्भावनाकाे खाेजी र उपयाेगमा सक्रिय हुनुहुनेमा विश्वस्त रहेकाे बताउनुभयो ।

नवगठित कार्यसमितिका अध्यक्ष पण्डितले आगामी दिनमा सँस्थाकाे माध्यमबाट यस क्षेत्रमा क्रियाशील आई टीसँग सम्बन्धित व्यक्तिहरु सँगठित भै सँस्थागत विकास र सम्भावनाकाे खाेजीमा क्रियाशील हुने बताउनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0