Open photo

२०८०मङ्सिर २२, शुक्रबार

चितवन । विभिन्न कारणले विदेशी भूमिमा आफ्नाे श्रम , सीप र पसिना बगाउँदै अनेकौं परिस्थितिहरुकाे सामना गरि पुनः स्वदेश मै फर्कनु भएका व्यक्तिहरुकाे साझा थलाे हाे “प्रवासी चितवन बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेड ” भन्नुहुन्छ सँस्थाका अध्यक्ष मुक्तिप्रसाद अधिकारी ।

विदेशबाट फर्केका साथीहरूकाे शुख दुःखकाे बारेमा गन्थनमन्थन गर्दा गर्दै जन्मिएको याे सहकारी विदेशमा रहदा सिकेका सीप र विदेशमा रहदा वा स्वदेश आइसकेपछि आफुसँग भएका पूँजीलाई सहकारीको माध्यमबाट सीप र आयसँग जाेडेर नेपाली माटाे मै केहि त गराैँ भन्ने साेचका साथ जन्मिएको हाे प्रवास बहुउद्देश्यीय सहकारी भन्नुहुन्छ लगानी समितिका सँयाेजक निमकान्त पाण्डे ।

विदेशबाट फर्केर चितवन आएका व्यक्तिहरुकाे सँलग्नतामा २ वर्ष अघि स्थापना गरिएको सहकारी हाे “प्रवासी चितवन बहुउद्देश्यीय सहकारी सँस्था” ।  चितवनका १९० जना भन्दा बढी सदस्यहरु आबद्ध भैसकेको साे सहकारीकाे मुख्य उद्देश्य भनेकाे विना ज्ञान र शीप लहैलहैमा विदेश जाँदा अनेक कठिनाईमा फसिने हुनाले शीप सिकेर जनाका लागि युवाहरुलाई सचेत गराउने , फर्केर आएका चितवनका साथीहरूकाे सीप र ज्ञानलाई  स्वदेशमै उद्यमशीलता श्रृजना गराउने कार्यमा जाेड्दै आय आर्जनका बाटाेहरुकाे खाेजी  गर्ने रहेकाे अध्यक्ष अधिकारी बताउँनुहुन्छ ।

सीप र पूँजीलाई उत्पादनसँग कसरी जाेडेर दिर्घकालीन रुपमा नेपालमै रहेर आयआर्जन गर्ने भन्ने विषय मै केन्द्रीत रहने सँस्थाकाे उद्देश्य रहेकाे सचिव दुर्लभबन्धु पाेखरेलले बताउनुभयो । ”  जुनसुकै कारणले विदेशिनु परेपनि उद्देश्य आफू सुरक्षित रहि कसरी बढिभन्दा बढि पैसा कमाउने भन्ने सबैकाे चाहना भएपनि बिना शीप विदेशजाँदा साेचेजस्ताे पैसापनि नकमाईने अनि शुरक्षा र सम्मान पनि नहुने रहेछ भन्ने हामीले विदेश गएपछि थाहापायौं । सकेसम्म स्वदेश मै केही गराैँ , जानै पर्नेभए सीप र ज्ञान लिएर जाअैाँ भन्ने खवर सञ्चार मात्रै गर्नसकियाे भनेपनि हामी हाम्राे सँस्था प्रवास सहकारी खाेलेकाेमा गर्भ गर्नसक्ने अवस्थामा पुग्नेछाैँ ” भन्नुहुन्छ सँस्थाका उपाध्यक्ष इन्द्रप्रसाद न्याैपाने ।

बहुउद्देश्यीय सहकारीकाे रुपमा स्थापित प्रवासी सहकारीको कार्यक्षेत्र भने चितवनको ७ वटै पालिका रहेकाे छ  ।अत्यावश्यक श्राेतव्यक्ति बाहेक यसमा विदेशबाट फर्किएका व्यक्ति र उनकाे परिवारहरु सदस्य हुनसक्ने गरि विधानकाे व्यवस्था गरिएको छ । ” हामीसँग भएकाे शीपसँगै बचेका केही पैसालाई मिलाएर राज्यका विभिन्न निकायसँग सहयाेग र साझेदारी गर्दै सम्भाव्य क्षेत्रमा उद्यमशीलताकाे श्रृजना गर्नु मुख्य उद्देश्य भएपनि हाल स्वदेश फर्केका साथीभाईसँग परिचित हुने थलाेकाे रुपमा रहेकाे प्रवास बहुउद्देश्यीय सहकारीका सदस्यहरुले नियमित रुपमा मासिक बचत गर्नुका साथै केही ऋण समेत प्रवाह गरिरहेकाे ऋण उपसमितिका सँयाेजक निमकान्त पाण्डेले जानकारी दिनुभयो ।

सहकारीले निकट भविष्य मै विषय विज्ञहरुकाे सहभागीतामा आफ्ना सदस्यहरुकाे विचमा अनुभव आदानप्रदान गरि आफूभित्र रहेकाे सम्भावनाकाे खाेजीगर्ने र त्यसैका आधारमा भावि कार्य याेजना तयगर्ने गरि कार्यक्रमकाे आयाेजना गर्ने लागेकाे अध्यक्ष अधिकारीले बताउनुभयो ।

” जुनसुकै कारणले भएपनि कुनै कालखण्डमा हामी विश्वका विभिन्न कुनामा थियौँ । हाम्रा अनुभव अलगअलग भए पनि पैसाकाे खाेजीमा सबै थियौँ । अहिले हामी स्वदेशमा छाैँ र पनि हामी वा हाम्रा सन्तान पैसाकाे खाेजीमा छन् भन्नेकुरा साँचाे हाे । देशभित्रै कसरी उद्यमी निर्माण गर्नसकिन्छ भन्ने विषयलाई याे सहकारी मार्फत अघि बढाउन चाहन्छाैँ । हामी राज्य सहित सबैपक्षसँग साथ र सहयाेगकाे अपेक्षा गर्दछाैँ । ” श्रीखबर अनलाइन सञ्चारसँग कुराकानीकाे क्रममा अध्यक्ष मुक्ति अधिकारीले भन्नुभयो ।

प्रवासीकाे विश्व सञ्जालसँग समेत जाेडिएर कार्य गरेकाे अनुभवी टिमबाट सञ्चालनमा आएकाे प्रवासी बहुउद्देश्यीय सहकारीकाे कार्यलय भने भरतपुर १२ थानीचाेक नजिक रहेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0