Open photo

२०८०मङ्सिर २२ शनिबार

प्रकाशवावु खनाल

रत्ननगर, चितवन। अन्तरपालिका दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि माडी नगरपालिकाले हात पारेकाे छ । घरेलु मैदानमै रत्ननगर नगरपालिकालाई १–० गोल अन्तरले जीत निकाल्दै माडी नगरपालिका विजयी भएकाे हाे ।

गत वर्षको मेयर कपको फाइनलमा रत्ननगर सग पराजित माडीले यस वर्षको मेयर कपको उपाधिमा भने उछिन्दै जीत रक्षा गरेको हो । माडीलाई उपाधि जिताउन सो नगरपालिकाको खेलाडी रितेश क्षेत्रीले निर्णायक एक गोल गरेका थिए ।

उपाधि जित्न सफल माडीले १ लाख ५१ हजार १११ सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने प्रतियोगितामा उपविजेता बनेको आयोजक रत्ननगरले १ लाख १ हजार १११ रूयैया सहित शिल्ड र मेडल प्राप्त गरेको छ । फाइनल खेलमा म्यान अफ दी म्याचमा भने माडीमा रितेश घाेषित भएका छन् । प्रतियोगिता भरीकै उत्कृष्ट खेलाडी रत्ननगरका तेजेन्द्र चौधरी घोषित भएका छन् ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई रत्ननगरका मेयर प्रलाद सापकोटा, माडी नगरपालिकाकी मेयर ताराकाजी महतो, रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले पुरस्कार हस्तान्तरण गरेका थिए ।

सो अबसरमा रत्ननगरका मेयर सापकोटाले अर्कोबर्ष हुने तेस्रो मेयर कप प्रदेश स्तरीय गर्ने घोषणा गरे । बागमती प्रदेशका अन्य नगरपालिकाका समेत समावेश प्रदेश स्तरीय प्रतियोगिता गरिने उनको भनाई छ ।

समापन कार्यक्रममा माडी नगरपालिकाकी मेयर महतोले मेयर कप फुटबल प्रतियोगितामा जिल्लाका पालिकाहरु बीच अन्तर सम्बन्ध स्थापित गरेको बताइन् ।प्रमुख प्रशासकीय अधिकृत सुवेदीले खेलकुदको माध्यमबाट पालिकाबीचको सम्बन्ध र सहकार्य बढाउन प्रतियोगिता आयोजना गरिएको बताए । रत्ननगर नगरपालिकाले टाँडी स्थित नेपाल माविको खेलमैदानमा आयोजना गरेको साे प्रतियोगितामा चितवनका सातवटै पालिकाले सहभागिता जनाएको खेलकुद राजेन्द्र बरालले सञ्चालन विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।

समितिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रम शिक्षा अधिकृत राजेन्द्र बरालले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0