२०८०मङ्सिर १४, बिहीबार ।

गाेरखा। बेनिघाट हुँदै दर्वुङटार छिचाेलेर हुइँकेकाे गाडी बुढीगण्डकीकाे काखैकाख आरुघाट हुँदै भाेटपुग्ने रे भन्दा पहाडकाे सुबिधायुक्त गाउँमा परिनेआश थियाे रे गाेरखा दर्बुङका कपिल खनाललाई । उनका ८-९ पुस्ता खलक समेत त्यहि बुढीगण्डकीकै काखमा जन्मेका हुन् भन्नेचाहिँ थाहा छ कपिललाई । त्यसैभन्नुहुन्छ काका पुस्ताका बाबुराम पनि ।

Open photo

एकाएक बुढीगण्डकी नदी थुनेर जलाशययुक्त हाइड्रोपावर कम्पनी बन्ने हल्ला चल्याे । सिउरेनीटार माथिका धादिङ र गाेरखाका धेरै माथिसम्मका बुढीगण्डकी नदितटिय बस्ति सरकारले उठाउने रे भन्ने पनि सुनेकाे बताउँछन् कपिल ।

सरकारले धेरै ठुलाे रकम दिने , घर गाेठ देखि रुखविरुवाकाे समेत ठूलै रकम दिने निर्णय भएकाे खवरकाे अझै झल्काे आएकाे बताउँछन् दर्बुङटार मै अझैसम्म शिक्षक बनिरहेका कृष्ण खनाल र निवृत्त हेडसर कृष्णप्रसाद खनाललाई । नसाेचेकाे रकम हातपर्दा अैाधि हाैसिएका गण्डकीका नागरिकहरु पैसा लिएर घरघडेरी खाेज्न जब काेहि चितवन त काेही काठमाडौं आसपास पसे तब थाहा भयाे आफ्ना पुस्ताकाे विरासद राज्यलाई सुम्पिएर प्राप्त अथाह भनिएकाे रकम त कठ्ठा र धुर मै सकिन थालेपछि चेत त आयाे तर समय सकिएपछि भन्छन् – कपिल खनाल ।

“राज्यसँग रकमकाे सट्टामा सुबिधायुक्त भूगोलमा याेगदानकाे आधारमा दामासाहिले घर घडेरीकाे आवाज उठाउन सकेकाे भए याे सम्भव हुनेथियाे । हाम्रा १०साैँ पूर्खाकाे विरासत छाेड्नुपर्दा राज्यले आवस्यक सबै सुविधादिने पक्का थियाे तर हामीले समय रआवस्यक्तालाई चिन्न सकेनौं भन्नुहुन्छ निवृत्त शिक्षक समेत रहनुभएका दर्बुङका बाबुराम खनाल । पैसा पाएपछि सबैथाेक हुन्छभन्ने लागेकाे थियाे तर भाेगेपछि थाहापाउँदैछु भन्नुहुन्छ रबिन्द्र ।

Open photo

छाेराछाेरी बिदेश गएका बर्षकाे ५- १० लाख पठाउन सक्नेलाई त राम्रै भयाेहाेला तर हामी जस्ताकाे त घडेरी खाेज्न हिड्दैमा पाएकाे पैसानै सकिनेभयाे भन्नुहुन्छ रबिन्द्र खनाल ।” आखिरी हामी जस्ता अरु आम्दानी नहुनेले किन्ने घर घडेरी भनेकाे जहाँगए पनि दुरदरारमा नै रहेछ । कमसेकम आफ्नाे पुरानाे गाउँबस्तीमा दु:खसुखले पेटपाल्न र जहान बच्चा पाल्न त सकिन्थ्याे । अब त हामी पनि नयाँ ठाउँका नयाँ छिमेकी हुने भईयाे । स‌याैँ बर्ष सँगसँगै दु:खमा साथ दिएका इष्टमित्रहरु अब काे कता काे कता हुनपर्ने भयाे । याे  बढीगण्डकी हाइड्रोपावर प्राेजेक्टले दिएकाे सबैभन्दा दुखद पक्ष हाे ” रबिन्द्र भन्नुहुन्छ ।

” हामीले त राज्यकाे खुशीका लागि हाम्राे दु:ख लुकायाैँ तर राज्यले ८- १० वर्ष हुँदापनि हाइड्रोपावर निर्माणकार्य नथालेकाे देख्दा र पाउनुपर्ने सबैले भुक्तानी नपाउँदा थप दुखलाग्छ ” रामचन्द्र खनाल भन्नुहुन्छ । राज्यले बुढीगण्डकी नदिमा ३ किलाेमिटर माेटाे ड्याम लगाएर पानी ताल बनाउने र बहुउद्देश्यीय परियाेजना निर्माण गर्ने ठुलै महाेत्वाकाक्षी याेजना अघि सारेकाे छ । ८ बर्ष अघि नै फ्रान्सेली कम्पनीले याे आयाेजनाकाे लागत २ खर्ब ७० अर्ब बराबर लाग्ने अनुमान निकालेकाे थियाे ।  परियाेजनालाई कम्पनीको रुपमा विकास गरिसकेा छ भने कम्पनीको पूँजी २ खर्ब ६० अर्व बराबरको हुने जनाएको छ। पुनर्वासको लागि भनेर राज्यले ७३ अर्ब बराबरकाे खर्चहुने बताएको छ ।

Open photo

सरकारले परियाेजना निर्माण कार्यकाे सक्रियताका लागि हालै परियाेजना स्थल गाेरखाकाे गण्डकी गाउँपालिकाकाे सिउरेनीटारमा कार्यालय समेत स्थापना गरेकाे छ ।अध्ययन तथा पछिल्लाे परिस्कृत विवरणअनुसार आयाेजनाकाे कूल लागत ३ खर्ब ८० अर्ब बराबरको हुने तथ्यांक आँकलन गरिएको परियाेजनाका प्रमुख कार्यकारी अधिकृत बताउँछन् ।

प्रभावित क्षेत्रका जनतालाई जति नै रकम बाँडे पनि राज्यले नै देशकाे कुनै भूभागमा सुविधा युक्त गाउँ निर्माण गरि पुनर्स्थापना गरेकाे भए न समाज यसरी भाैतारिएर कहाँ जाने कहाँ बस्ने भनेर घरघरेडी खाेज्न कुदिहिड्नु पर्थ्याे न न सँयाैँ बर्षदेखि एकता र विश्वासका साथ बसेकाे समाज लथालिङ्ग र भताभूङ्ग हुनुपर्थ्याे । हाम्राे पुर्खाकाे थलाे प्रयाेग गरेर देशले आर्थिकसामाजिक र सास्कृतिक रुपमा सम्पन्न देश निर्माण गर्ने देश र जनताको सपना पूरा गर्छभने हामीलाई पूर्खाकाे थलाे छाेडेर मुङ्लानकाे यात्रा तय गर्दाकाे पीडा विर्सेर राष्ट निर्माणसँग जाेडिएकाे खुशीमा हाम्राे खुशीकाे खाेजीमा छाैँ भन्नुहुन्छ काठमाडौं फन्काेमार्दै घरघडेरी खाेज्न चितवनकाे चाेक र गल्ली भाैतारिरहनुभएका रबिन्द्र खनाल ।

(श्रीखबर अनलाइन सञ्चारका लागि कृष्ण खनालकाे रिपोर्ट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0