Open photo

२०८०असाेज १८, बिहिबार

काठमाडौं । भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह भएको छलफलमा उहाँहरुले सरकारी कामकाजको भाषा सम्बन्धी पहिले भएका सिफारिसहरुमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस पेस गर्नुभएको थियो । त्यसैगरि भेटवार्तामा आयोग भित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको थियो ।

त्यस्तै आज नेपाल ट्रष्टका पदाधिकारीहरुले पनि ट्रष्टको नामका रहेको सम्पत्ति र तिनको उपयोग बारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा ट्रष्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे पनि चर्चा भएको थियो । त्यसैगरि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह सहित आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ ।

भुक्तानी सम्बन्धी आफूहरुको मागमा कुनै सुनुवाई नभएको भन्दै उहाँहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरुको माग प्रति आफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधन हुने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0