१०८०भाद्र ६ , बुधबार

चितवन। हृदयचन्द्र प्रधान द्वारा लिखित कृति ” एक चिहान ” लाई नाटकीय रुपमा प्रस्तुति हुनेभएको छ। भदौ १४ गतेबाट नारायणी कला मन्दिरमा नाटक मन्चन हुने भएकाे हाे ।

“कर्मी चाैतारी” सँस्थाले कला मन्दिरको सहकार्यमा नाटक मन्चन हुने नाटकका निर्देशक नकुल पाड्यालले कला मन्दिर परिसरमा आज आयाेजित पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयाे ।

Open photo

चितवनका १७ जना कलाकारले अभिनय गरिने साे नाटक १२कक्षाका विद्यार्थीहरुकाे पाठ्यक्रममा पनि रहेकाेले विद्यार्थी केन्द्रित नाटक रहने समेत निर्देशक पाैड्यालले बताउनुभयो । कर्मी समूह द्वारा पत्रकार सम्मेलनमा एक विज्ञप्ति समेत वितरण गरिएकाे थियाे । वितरित विज्ञप्तिमा ” यस नाटकलाई सकेसम्म बढी विद्यार्थी र शिक्षकहरु माझ पु¥याउनु र उनीहरुसँग शब्द र दृश्य पाठबीचको अन्र्तसंवाद गर्नु नै यस नाटकको मुख्य अभिष्ट हो । साथसाथै यस नाटकले हाम्रो साझा सपना ‘चितवनमा एक सुविधा सम्पन्न थिएटरको निर्माण’ मा पनि जगको भूमिका खेल्नेछ भन्नेमा आशावादी छौं । यस चितवन र नवलपुर जिल्ला भित्रका विद्यालय , शैक्षिक संस्था र प्रशासनिक कार्यालयहरुलाई आआफ्नो तर्फबाट यथासक्य सहयोगका लागि अपिल गर्दछौं । ” भनिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0