×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

जलविरे झरनाले तान्याे आन्तरिक पर्यटन , वर्ष मै २८ लाख राजश्व


२०८०भाद्र ३, आइतबार

Advertisement

जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढेको सो झरना पछिल्लो समय गाउँपालिकाको चिनारीसमेत बन्दै गइरहेको छ ।

झरना गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ । झरना देखाएर गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु २८ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । यहाँ प्रवेश गर्ने पर्यटकबाट रु ५० शुल्क लिने गरिएको छ । स्थानीय र विद्यार्थीलाई रु २० लिने गरेको गाउँपालिकाले जनाएको छ ।

यहाँ झरनासँगै अन्य पर्यटकीय गतिविधि पनि हुने गरेका छन् । क्यानोनिङ (छाँगावरोहण)र क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र बाहिरी देशका समेत पर्यटक यहाँ आउने गरेका छन् । विदेशीका लागि क्यानोनिङ प्रतिव्यक्ति रु पाँच सय, वनभोजको रु एक हजारदेखि तीन हजारसम्म र फिल्म सुटिङको रु तीन हजारदेखि पाँच हजारसम्म लिने गरिएको छ ।

जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले प्राकृतिक सुन्दरता र चिसो एवं शान्त वातावरणका कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको बताउनुभयो । उहाँले दैनिक एक सयदेखि डेढ सयसम्म पर्यटक यहाँ घुम्न आउने गरेको जानकारी दिनुभयो । “नयाँ वर्षका दिन पन्ध्र सय जना आएको तथ्याङ्क छ”, उहाँले भन्नुभयो, “जाडोको समयमा पनि विभिन्न जिल्लाबाट भ्रमण टोली आउने गरेका छन् ।” उहाँले यस वर्ष झन् धेरै पर्यटक जलविरे झरनामा घुम्न आउने अनुमान गरिएको बताउनुभयो । विकास समितिले झरना र यहाँ भइरहेका विकास निर्माणको रेखदेख, पर्यटकका समस्या समाधान र गुनासो सुन्ने काम गरिरहेको उहाँले बताउनुभयो ।

पर्यटक यहाँ स्वतःस्फूर्तरूपमा आउँछन् । भारतबाट समेत आनन्द लिन यहाँ पर्यटक आउने गरेका छन् । जुनसुकै समयमा पुग्ने पर्यटक सो झरना हेरेपछि मन्त्रमुग्ध हुन्छन् । झरनामाथि रहेको गाउँ याकराङमा होमस्टे (घरबास)को समेत व्यवस्था रहेको समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको एक सय दुई मिटर लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ । झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सालगायतका जिल्लाबाट पर्यटक आउँछन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गर्ने लामो दूरीका सवारीसाधन पनि यहाँ रोकिएर झरना अवलोकन गर्न पुग्ने गर्छन् । विसं २०६९ देखि पर्यटन विकास सुरु भएको यहाँ पछिल्लो समय पूर्वाधार निर्माणले पनि फड्को मारेको छ ।

झरना पुग्ने सडक निर्माणसँगै शौचालय, गोलघर, चेन्जिङ रुम र तलाउ निर्माण गरिएको छ । अन्य भौतिक संरचना र झरनाको सौन्दर्यकरणका काम भइरहेका छन् । यस्तै प्रदेश सरकारको सहयोगमा सिँढी, रेलिङ र पौडीपोखरी निर्माण गरिएको छ । यस वर्ष झरनाको विकासका लागि रु ३५ लाख बजेट विनियोजन भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । “झरनाको प्राकृतिकस्वरुप नबिग्रने गरी जिपलाइन अथवा साइक्लिङ निर्माणको तयारी गरेका छौँ”, गुरुङले भन्नुभयो, “पर्यटकीय गतिविधि बढाउने अन्य संरचना पनि निर्माण गर्ने योजनामा छौँ ।”

Open photo

यस वर्ष गाउँपालिकाले झरनाको सरसफाइमा विशेष ध्यान दिने अध्यक्ष गुरुङले बताउनुभयो । “सरसफाइका लागि कर्मचारीको व्यवस्था गरेका छौँ, झरनासम्म खानेपानी र विद्युत्को समेत व्यवस्था गर्दैछौँ”, उहाँले भन्नुभयो । झरना नजिकै तीनवटा सटर निर्माण गरिएको छ । त्यहाँ जाने पर्यटकले खाजा खानका लागि सहज हुनेछ । उहाँले झरनाबाट गाउँपालिकाले आम्दानीभन्दा पनि प्राकृतिक स्रोतको संरक्षण र त्यसको व्यवस्थापनमा जोड दिने बताउनुभयो ।

उहाँले झरना क्षेत्रमा कोसेली घरसमेत निर्माणको तयारीमा रहेको जानकारी दिनुभयो । “इच्छाकामनामा उत्पादन भएका वस्तु कोसेली घरमा राखिने छ । यहाँ आउने पर्यटकले स्थानीय उत्पादन घर लैजान पाउनुहुनेछ”, उहाँले भन्नुभयो । यहाँ झरनाकै कारण होटल बढेका छन् भने व्यवसाय पनि बढेको अध्यक्ष गुरुङको भनाइ थियो । रासस

आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.