साेमबार १२ असार,२०८०

मकवानपुरकाे राक्सिराङ गाउँ पालिकामा अन्यत्रबाट बसाइँ सरी आउनेले अब घरै उपहार पाउने भएकाछन् । गाउँ पालिका सभाले यस्तो निर्णय गरेपछि अब कार्यविधि नै बनाएर कार्यक्रम लागु गरिने गाउँ पालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

पेट पाल्नैका लागि राक्सिराङ बासी गाउँ छाडेर तलतिर झर्ने अनि सडक र सरकारी जग्गामा छाप्राे हालेर बस्ने गाउँ छाड्ने । उता सुकुम्बासी बन्ने यता घरगाउँ खाली हुँदैजाने । यस्तै हुदै जाने हाे भने गाउँ नै खाली हुँदै जान सक्छ। अन्यत्र बसाइँ सर्ने कामलाई निरुत्साहित नगरिहुँदैन, गाउँका मानिसलाई पनि गाउँ मै बस्ने बाताबरण बनाउँनुपर्छ अनि अरु जिल्लाका साथीहरूलाई पनि हाम्राे गाउँपालिकामा बसाइँ सरेर आउनुहाेस् भन्ने सन्देश दिन यस्ताे याेजना ल्याउनुपरेकाे हाे- अध्यक्ष मल्लले भने ।

कार्यक्रम कसरी लागू गर्दैहुनुहुन्छ भन्ने श्रीखबर प्रतिनिधि काे जिज्ञासामा अध्यक्ष मल्लले भने – गाउँ पालिकाकाे भेलाले याे याेजनालाई पास गरेकाे छ । अब हामी  कार्यक्रम कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा निर्देश हुन बिनिमय सहितकाे कार्य योजना बनाउने छाैँ ।

मकवानपुरकाे मनहरीबाट उत्तरी भेग तर्फ केही घण्टाकाे हिडाई पछि पुगिने चैनपुर नै राक्सिराङ गाउँपालिकाकाे कर्मथलाे हाे ।

राक्सिराङ गाउँ पालिकामा घर उपहार पाउन भने कुनैपनि पालिकाबाट यस पालिकामा स्थायी रुपमा बसाेबास गर्ने गरि आएमा आउने परिवारले पालिकाकाे कुन स्थानमा स्थायी बसाेवास गर्न गैरहेकाे हाे लिखित रुपमा जग्गा र घरबनाउने कानुनी आधार सहित गाउँ पालिकामा घर निर्माण का लागि निवेदन पेश भएमा निजलाई निर्देशिकाले निर्देश गरेअनुसार दुई देखि तीन लाख रुपैयाँँसम्म नगद  सहयाेग ” घर उपहार शिर्षकमा अनुदान दिईने अध्यक्ष मल्लले बताए ।

याे पालिका चेपाङ बाहुल्य क्षेत्र हाे ।करिव ६० प्रतिशत चेपाङ जनजातिको बसाेबास रहेकाे यस पालिकाकाे जनसँख्या करिव २० हजार मात्रै रहेकाे छ भने चारवटा गाविस मिलेर बनेको यस पालिकाका जनताको आयआर्जन असाध्यै न्यून रहेकाे छ, पहाडी भूभाग भएकाले दुर्गम क्षेत्रकाे आभाष हुने गर्दछ।

पहाडी भूभाग भएपनि व्यवस्थापन राम्राे हुनसके फलफूल तथा तरकारीको सम्भावना भएकाे ले राज्यले नीति बनाएरै काम गर्ने हाे भने उत्कृष्ट पर्यटकिय क्षेत्रकाे रुपमा विकसित हुनसक्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0