२०८१बैशाख २८,शुक्रबार

रामलाल कुमाल, कालिका

चितवन । नगरपालिका स्थापना भएको आठ बर्षपछि कालिका नगरपालिकाले आफ्नै नगर प्रहरीको सेवा सुरु गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनले पालिका स्तरमा ऐन र कार्यविधि बनाइ नगर प्रहरी राख्न पाउने स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरे बमोजिम कालिका नगरमा आफ्नै प्रहरी सेवा सुरु भएकाे पालिका अध्यक्ष विनाेद रेग्मीले जानकारी दिए ।

ऐनले व्यवस्था गरेबमोजिम सो नगरपालिकाले एक नगर प्रहरी सहायक निरीक्षक र ८ नगर प्रहरी जवान गरी ९ नगर प्रहरी भर्ति गरी सेवा सुरु गरेको हो । जसमा ३ जना महिला छन् ।

प्रहरी दिक्षान्त समारोहमा प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले शुक्रबार नगरप्रहरीहरुलाई गोपनीयतको सपथग्रहण गराएका थिए।

सपथ ग्रहणसँगै नगरप्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तामाङले उनीहरुलाई दज्यानी चिन्ह लगाइदिएर प्रमाणपत्र प्रदान गरे। छनौट भएका नौं जनालाई १५ दिनको तालिम दिएपस्चात काममा खटाएको हो ।

बैशाख १ गतेदेखि  सेवा सुुचारु भएको उनीहरुलाई १५ दिने तालिममा नगर प्रहरीको काम, कर्तब्य र अधिकार सहित कबज, इन्डोर, आत्मरक्षा, जनसम्पर्क, दैविक प्रकोप लगायतका विषयहरुमा तालिम गराइएको थियो ।

सो अबसरमा मेयर रेग्मीले भने `कालिका नगरबासीको सुरक्षाको लागि नगरप्रहरी भर्ति गरी काममा खटाइए छ, अब नगरबासीहरुकाे शुरक्षामा इमानदारीपूर्वक जुट्नुहाेस् ´।

नगरपालिकाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र निकट भविश्यमै फोहोर संकलन र व्यवस्थापनको समेत काम सुरु गरिने समेत मेयर रेग्मीले बताएका छन् । `फोहोर संकलन र व्यवस्थापनको लागि कार्यविधि निर्माण भइसकेकाे छ´- रेग्मीले भने।

दिक्षन्त समारोहमा उपमेगर तामाङ, संस्थापक वडाध्यक्ष टीका रिजाल, कृष्णकुमार श्रेष्ठ, वडाध्यक्ष टीकाराम रेग्मी, मकरमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

सुसासन समितिका संयोजक दिपक बहादुर भट्टराई अध्यक्षतास सम्पन्न सो कार्यक्रम शाखा अधिकृत प्रकासचन्द्र पौडेलले सञ्चालन गरेका थिए ।

कालिका नगरपालिकाकाे घोषण भने जेष्ठ ७ २०७४मा भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0