२०८१बैशाख २८,शुक्रबार

प्रकाशबाबु खनाल रत्ननगर ।

चितवन । पूर्वी चितवनको रत्ननगरका दुई वडामा पानी सुरक्षा तथा सरसफाई सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको छ ।

रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत वडा नं २ र ५ मा प्रशिक्षण कार्यक्रम गरेको हो ।

वडा समितिले आयोजना गरेको सो कार्यक्रममा पानी सुरक्षा, पानी चुहावट नियन्त्रण, स्रोत संरक्षण र सरसफाईको बारेमा उपभोक्ताहरुलाई प्रशिक्षण दिइएको थियो। कार्यक्रममा संस्थाका इन्जिनियर ज्ञाप्रकास पाैडेलले सहजीकरण गरेका थिए ।

सो अबसरमा संस्थाका अध्यक्ष बाधब प्रसाद अर्यालले संस्थाले पानी वितरणसंगै पानी सुरक्षा, चुहावट नियन्त्रण र स्रोत संरक्षणलाई प्राथमिकता दिएर काम भइरहेको बताए । वडा नं २ भएकाे कार्यक्रममा वडा सदस्य राधा विक लगायतकाे सहभागिता रहेकाे थियाे ।

वडा संयाेजक भरतमणि आचार्यकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा ६० जनाकाे सहभागिता रहेकाे थियाे । वडा नं ५ मा भएकाे कार्यक्रममा वडाध्यक्ष बालकृष्ण चापागाईँ, झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्याल, नेपाली काँग्रेसका ऋषि गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

वडा संयाेजक देबकी अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ४५ जनाकाे सहभागिता रहेकाे थियाे ।

दुईवटै कार्यक्रमकाे प्रमुख अतिथि रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्याल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0