२०८१ बैशाख २९,शनिबार
प्रकाशबाबु खनाल
चितवन । रत्ननगरमा निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको छ ।
रत्ननगर वडा नं ११ जिरौजामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २०३ जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।
श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति चितवनले आयोजना गरेको सो शिविरमा १०५ र १०२ बर्षीय जेष्ठ नागरिक सहित २०३ जनाले सेवा लिएका थिए।
देव हस्पिटल प्रा.लि. भरतपुरको प्राविधिक सहयोगमा श्रीकृष्ण प्रणामी धर्मधाम जिरौनाको प्राङ्गढमा शिविर सन्चालन गरिएको हो । शिविरमा स्वास्थ्य जाँच गरेका विरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको समितिकी अध्यक्ष शोभा ओली शर्माले जानकारी दिइन् ।
डा. कविन न्यौपाने, डा.अनुप लामिछाने, डा.राजिब पण्डित, डा.विवेक न्यौपाने, डा.सिलता बराल सहितका स्वस्थकर्मी टिमले शिविरमा विरामीको स्वास्थ्य जाँच गरेका थिए ।
वडा नं ११ का वडाध्यक्ष श्याम कुमार श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा कार्यपालिका सदस्य यशोधा पौडेल, हार्डजोनी तथा नशारोग विशेषज्ञ डा.कविन न्यौपान, शीतल टोल विकास संस्थाकी अध्यक्ष निशा मगर लगायतले मन्तव्य राखेका थिए ।