२४ जेष्ठ २०८० ,बुधबार ।

कालिका,चितवन/ आन्तरिक तथा वाह्य पर्यटका लागि कालिका नगरपालिकाले पहाडी क्षेत्र मजवाङमा व्यवस्थित हामस्टे बनाईने मेयर विनाेद रेग्मीले बताएका छन्।साे कार्यकाे पूर्वाधारका लागि सिद्दि – गैरीवारी हुदै पक्की सडठ निर्माण भैरहेकाे उनले बताए ।

एक बर्षमा करिव १३ सय मिटर पक्कि सडक तथा ५ सय मिटर भन्दा बढि ढलानबाटो निर्माण सम्पन्न गरिसकेकाे यस नगरपालिकाले सिद्दि चाेकाेडाडा सिराईचुलीबाट मनाेरम दृष्यावलाेकन गराउँदै पर्यटनलाई स्थानीय साधन र सुविधाले सेवा गर्ने गरि मजवाङमा व्यवस्थित हाेमस्टे सन्चालन गर्ने याेजना रहेकाे उपमेयर बिमला लामाले बताईन् ।

यहाँ ४०/४२ डिग्रीकाे तापक्रमले उखरमाउलाे गर्मी छ तर अलिकति माथि एक डेड घण्टाकाे यात्रा गर्नुहाेस् त चिसो स्वर्गीय आनन्द छ , हामी यसैलाई उपयोग गरेर भाेलिका दिनमा हाम्राे पहाडी भूभागकाे आम्दानीको श्राेत र विकासकाे सम्भाव्यतामा जाेड्न चाहन्छाैँ मेयर रेग्मीले भने ।

याे क्षेत्र आदिवासी जनजातिका साथै सिमान्तकृत लाेपाेन्मुख चेपाङ जातिय वाहुल्य क्षेत्र हाे । यहाँ रहेकाे चितराम झरना देखि चाैकीडाडा, सिराईचुली, मजवाङ हाेमिष्टेका लागि महत्वपुर्ण र रमणीय क्षेत्र हुन् । यहाँबाट चितवनका मनाेरम भूभागका साथै मकवानपुरका दृश्यहरु सजिल्यै देख्न सकिन्छ भने चिउरी काफल देखि गुरास र लालुपाते फुलेका दृश्य समेत धकफुकाएर हेर्न र प्राप्त गर्न पाईन्छ । नगरपालिका यिनै याेजनाका साथ पालिकाकाे भावि गुरुयोजनामा छलफल चलाईरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0